अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् । विराटनगर विमानस्लमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन,’ उनले भने ‘अहिलेको आवश्यकतासँग मेल खान्छन् कि खाँदैनन्, र परिवर्तनको पक्षमा छन् कि छैनन् भन्ने आधारमा विश्लेष्ण गर्नुपर्छ ।’
उनले राजतन्त्रको पुनस्र्थापनाको सम्भावना नरहेको पनि जिकिरि गरे । खारेज नेपालमा राजा फर्कने कुनै सम्भावना नै नरहेको उनले बताएका छन् ।

उनले राजाको परिभाषा दिँदै भने ‘कि राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाहालाई उनले नेपालका ठूला व्यापारीमध्ये एक भएको पनि बताए ।गिरिजा प्रसाद कोइरालाले ‘बेबी किङ’ भनेर भन्नु हुन्थ्यो नी भन्ने पत्रकारको प्रश्नमा नेपालले व्यङ्ग्य गर्दै प्रश्न गरे, ‘छोरालाई ल्याउनेरु नातिको दारी आएकै छैन, दारी आइसकेपछि थाहा होला।’ यसरी उनले राजतन्त्रको वंशानुगत शासन प्रणालीको आलोचना गरे ।

नेपालले रगतको शासन होइन, जनताको मनको शासन हुनुपर्ने उनले तर्क उनले भने, ‘किन चाहियो रगतको शासन रु जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने, जनतामा चेतना र जागरण पैदा गर्ने कुरामा नलाग्ने, अनि वंशको शासन’ रु उनले वंशज शासन चाहनेहरूलाई राणा शासन, गोपाल वंश वा महिषपाल वंशसम्म जान आग्रह गरे।यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ र संसार दास युग वा सामन्ती युगमा फर्कन सक्ने उनको भनाइ छ । । नेपालले भने ‘संसार अब पूँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो ।’

नेपालले राजावादी आन्दोलनलाई ‘ग्रान्ड डिजाइन’भनेका छन् । उनले अहिलेका सबै घटनाक्रम त्यसैअन्तर्गत भएको उल्लेख गरेका छन् ।अध्यक्ष नेपाल पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नरम देखिएका छन् । ओली हिजो नेकपा एसको पाटी कार्यालयमा गएका थिए । त्यसपछि भने राजनिति बृतमा विभिन्न टिका टिप्पणीहरु हुन थालेको छ ।

मङ्गलबार, १८ चैत, २०८१, दिउँसोको ०१:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर