विराटनगरसहित कोशी प्रदेश देशका विभिन्न भागमा वर्षा

विराटनगर । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण नेपालका विभिन्न भागमा मौसममा परिवर्तन आएको छ। विशेषगरी विराटनगरसहित कोशी प्रदेशका केही भागमा पानी परिरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ

कोशी र बागमती प्रदेशका मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

यो मौसमी परिवर्तनले आगामी २४ घण्टामा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पार्न सक्ने भएकोले महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई आग्रह गरेको छ।
राति कोशी प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। तर कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र हिमाली क्षेत्रमा हिमपातको सम्भावना भने कायमै रहेको छ।

आइतबार, ०९ चैत, २०८१, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर