दुर्घटनामामा दुईको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा ताप्लेजुङबाट धरान जाने क्रममा भएको दुर्घटनामा परी शिक्षक र घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो ।

मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुको सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत ४४ वर्षीय गणेशमान एभेङ लिम्बू ताप्लेजुङबाट धरान जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए । शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतमका अनुसार विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

लिम्बूको शव गाउँमै ल्याएर अन्त्येष्टि गर्ने तयारी रहेको मेरिङ्देन गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्यमान ओख्राबुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मिक्वाखोला गाउँपालिका–५ पापुङ, तिलजुङकी ४३ वर्षीया तेजकला साँवा लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमा घाँस काटेर फर्कने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बस्नेतले जानकारी दिए ।

मङ्गलबार, २९ माघ, २०८१, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर