काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । भाजपाका वर्माले ३हजार १८६ मतले जित हासिल गरेका छन् ।तिजाको विस्तृत विवरण भने आउन बाँकी छ।
दिल्ली विधानसभाका ७० सिटमा भएको चुनावको मतगणना जारी छ।
यो खबर बनाउँदासम्म भाजपा ४८ सिटमा अगाडि छ भने आम आदमी पार्टी २२ सिटमा अगाडि छ। कंग्रेसले भने अहिलेसम्म एउटा पनि सिटमा अग्रता नलिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।