प्रधानमन्त्री आफैं सरकार ढल्यो ढल्यो भन्दै हुनुहुन्छ : नेपाल

विराटनगर ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विपक्षीहरू सरकार ढाल्न नलागेको बताएका छन् ।

सुनसरीको इटहरी जानेक्रममा आइतबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गदै अध्यक्ष नेपालले विपक्षीले नभएर प्रधानमन्त्री केपीशर्मा ओली आफंलेै सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गत माघ १८ गतेको प्रतिनिधिसभाको बैठकमा माओवादीका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै सरकार ढल्यो ढल्यो भन्दै हिँडेको भनी ब्यङ्ग्य गरेका थिए । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै प्रतिपक्षले नभई प्रधानमन्त्रीले नै सरकार ढल्यो ढल्यो भन्ने गीत गाइरहेको बताए ।

उनले सरकारबाट सबैतिर निराशामात्रै छाएको आरोप लगाए । संविधान संशोधन जस्तो विषयमा अपरिपक्व ढंगले प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले सरकार बन्दाको नियत के रहेछ भन्ने पनि स्पष्ट भएको उनले बताए । ‘यो सरकारबाट निराशा छ । जुन अलिअलि अपेक्षा गरेका थिए । पहिला पनि धेरै आशा थिएन । त्यही पनि शंकाको लाभ भने जनतामा थियो । त्यो अहिले पूर्ण रूपमा निराशमा परिणत भएको छ,’ उनले भने ।

सरकारको रवैया अत्यन्तै अलोकतान्त्रिक भएको समेत उनको आरोप छ । सरकार गठन गर्दा पनि बढो रहस्यमय तरीकाले गरिएको उनको भनाइ छ । प्रधानमन्त्रीले २०८७ मा मात्रै संविधान संशोधन गर्ने भनेर दिएको वक्तव्यले सरकारको नियत क्लियर भएको उनले बताए ।कुनै क्षेत्रमा आशालाग्दो परिणाम नदेखिएकाले सबै हिसाबले सरकार असफल देखिएको नेता नेपालले बताए ।

संसद्मा विचारधीन रहेका विधेयकहरू फिर्ता नै नगरी विधिप्रक्रिया नपु¥याई अध्यादेश ल्याउने कुरा ठिक नभएको उनको भनाइ थियो । अध्यादेश आवश्यकताले ल्याउने गरेको उनले बताए । उनले एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यादेशको विरोध गर्दा उनलाई बढी पोलेको समेत बताए । ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भनेर सबैभन्दा ठूलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर, हामी दास हुन चाहेनौं । हामी क्रान्तिकारी कम्युनिष्टको रुपमा अगाडि बढ्न चाह्यौ’ उनले भने । योगेशले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको बताएका थिए ।

अध्यक्ष नेपालले पहिला आवश्यकताले अध्यादेश आएको तर अहिले संसल चल्ने बेलामा अध्यादेश गलत नियलतले ल्याइएको जिकिर गरे ।

आइतबार, २० माघ, २०८१, रातीको ०८:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर