रास्वपा कोशी प्रदेशका सभापति परे निलम्बनमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखे पछि उनलाई पार्टीबाट निलम्बन गरेको हो ।

गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।

शुक्रबार, ०४ माघ, २०८१, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर