विराटनगर । निजी तथा आवासीय विद्यालय नेपाल९प्याब्सन० मोरङको अध्यक्षमा जगत बस्नेत निर्वाचित भएका छन् । १६ औँ अधिवेशनबाट निकट प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
बस्नेतले १ सय १० मत प्राप्त गर्दा सुवेदीले ९३ मत प्राप्त गरेका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकाल बिच दुबैतर्फ १०१ मत बराबरी भएपछि गोला प्रथामा मणिराज भट्टराई विजयी घोषित भए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौला, सह सचिवमा दीपेन्द्र राई र सह कोषाध्यक्ष पदमा केदार पौडेल निर्वाचित भएका छन् । सदस्यका लागि भएको निर्वाचनबाट महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेज बहादुर खत्री, रुद्र थापा, इन्द्र कुमार राई, हिरा बहादुर मगर र तिलक राई निर्वाचित भएका हुन् । नि
मोरङ प्याब्सनमा हाल २ सय १० जना सदस्य छन् । निर्वाचनमा २ सय ६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।