मन्त्री राईका सय दिने उपलब्धि

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले उपलब्धि सार्वजनिक गरेका हुन् ।

यो अबधिमा मन्त्रालय मातहतका विभिन्न पूर्वाधार विकास कार्यालयहरुबाट सञ्चालन भएका तर अपेक्षित प्रगति हासिल हुन नसकेका आयोजनाहरुको अनुगमन तथा मुल्याङ्कन साथै सार्वजनिक सुनुवाई स्थलगत रुपमा गरिएको र ५ वटा रुग्ण आयोजना निर्माण सुरु भएको मन्त्री राईले जानकारी दिएका छन् । यस्तै प्रयोगबिहिन तथा जीर्ण भएका झोलुंगे पुलहरु स्थान्तरण गरि आवश्यक स्थानमा निर्माण गर्ने निर्णय अनुसार संख्या यकिन गरिएको, प्रदेश सरकारका रणनैतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा सडक (३१६३.५८ किमि) र प्रादेशिक मार्ग २८९ वटा (५८१५.५० किमि) सडक प्रादेशिक सडक संजाल सूचीमा प्रकाशित गरिएको उनले बताएका छन् ।

गत असोज १० देखि १२ गतेसम्म निरन्तर परेको वर्षाको कारण क्षति भएका सडक, सडक पुल, र झोलुंगे पुलमा पुगेको क्षति करिव ४ अर्ब ६३ करोड ५० लाख बराबरको भएको विवरण संकलन भएकोदेखि प्रदेश सरकारको एक महत्वपूर्ण आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरलाई प्रदेश सरकारको बजेटले मात्र सञ्चालन गर्न कठिन हुने भएकोले निजी क्षेत्रलाई हस्तारण गर्न प्रदेश लगानी सम्मेलन २०८१ को आयोजना सोकेसमा राख्ने निर्णय भएको विषयलाई मन्त्री राईले सय दिने उपलब्धिमा समेटेका छन् । प्रदेशका केही महत्वपूर्ण सडकहरुमा सडक सुरक्षा कार्यक्रम लागु गर्न सडक पहिचान गरी सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको पनि उनले बताएका छध् ।

प्रदेश सरकारको सबैभन्दा लामो सडक पुल खोटाङको जन्तेढुंगा–१ देबिस्थानस्थित बुवाखोला पक्की पुलकोे शिलन्याश भएको र सुरुवाती ढलान गरिरहेको, खोटाङको रसुवाघाटदेखि सिम्पानी हुँदै पाँनधारे कालोपत्रे सडक निर्माण सुरु भएको मन्त्री राईले बताएका छन् । मन्त्रालयले प्रदेश भवन ऐन २०७६ लाई संसोधन गर्न बनेको बिधेयक २०८१ को प्रारम्भिक संसोधन मस्यौदा र प्रदेश भवन ऐन २०७६ को तीन महले विवरण तयार गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रायका लागि पेश गरेको पनि जनाएको छ ।

आइतबार, ०७ पुष, २०८१, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर