बीआरआईमा ऋण नलिने गरी सम्झौता गरिएको छ : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । विराटनगर विमास्थलमा पत्रकारसंग कुराकानि गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईमा ऋण नलिने गरी सम्झौता भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।

सुनसरीको धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’

उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले प्रतिक्रिया दिँदै भने, ‘तपाईंहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।इतर समूहले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए ।

महाधिवेशन समयमै हुने सभापति देउवाको दाबि रहेको छ । ‘महाधिवेशन समयमै हुने दाबी गर्दै देउवाले भने, महाधिवेशन तोकिएकै समयमा हुन्छ।’ कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले पनि बीआरआई सम्झौतामा कुनै ऋण नभएको पुष्टि गरे ।

ऋण फाइनान्स भनिएको छ, जसको अर्थ अनुदान हुन सक्छ। सम्झौतामा अनुदानकै लागि विशेष प्रावधान छ,उनले भनेगृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गरे ।

शुक्रबार, २१ मंसिर, २०८१, दिउँसोको ०३:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर