विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार अपरान्ह ३ बजेसम्म झण्डै ६५ प्रतिशत मत खसेको छ ।

सहायक निर्वाचन अधिकृतका रामराजा पाैडेलका अनुसार ३ बजेसम्म १६ हजार ८७३ मत खसेको हाे

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ माेरङ प्रहरीले जनाएकाे