कोशीको सुरक्षा बैठक : निर्वाचन र पहिचान केन्द्रित रणनीतिमा छलफल

विराटनगर । कोशी प्रदेशमा पहिचानको नाममा मंसिर २ गते हुने आन्दोलन र मंसिर १६ गते हुने उपनिर्वाचन केन्द्रित भएर सुरक्षा निकायका प्रमुखहरुले ब्रिफिङ गरेका छन् ।

उनीहरुले प्रदेशको शान्ति सुरक्षालाई खलल पु¥याउन नदिन त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको भन्दै सुरक्षा निकायका प्रमुखहरूले विराटनगरमा बुधबार बसेको सुरक्षा समितिको बैठकमा ब्रिफिङ गरेका हुन् ।

तीन वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएकोे सुरक्षा निकायको बैठकमा मंसिर २ गतेदेखि सुरु हुने पहिचान पक्षधर समूहले गर्ने भनिएको आन्दोलनका कार्यक्रमले शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकालेको छ । पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचान गरी आउँदै गरेको उपनिर्वाचनमा सुरक्षा व्यवस्था मजदुत बनाउन तीन वटै सुरक्षा निकाय सचेत हुनुपर्ने ब्रिफिङ गरेका थिए । पहिचानको मुद्दाले कोशी प्रदेशमा जरा गाड्दै गरेको भन्दै सुरक्षा निकायका प्रमुखले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको तीन वटै सुरक्षा निकायका प्रमुखलाई ब्रिफिङ गरे ।

पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा थ्रट बढ्ने भएकाले राज्यका उच्च नेतृत्वले त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने सुझाव दिइएको थियो । पहिचान र धार्मिक विवादले प्रदेशको सुरक्षा अवस्थामाथि चुनौती थपिएको बैठकमा सहभागी एक प्रहरी अधिकृतले बताए । धार्मिक संघसंस्थाहरूले समाजमा गरिरहेका गतिविधिले प्रदेको शान्ति सुरक्षाको अवस्थामा कस्तो असर गर्छ भनेर विश्लेषण गरिएको छ ।

‘धार्मिक अतिवाद बढेको छ । विभिन्न संघ–संस्थाको नाममा वडा– वडासम्म समितिहरू गठन भइरहेका छन् । त्यहाँ गएर किन त्यस्तो गरेको ? भनेर प्रहरीले भन्दै गर्दा ‘यो हामीले पूजा गर्न वा यो कारणले हो’ भन्ने तर वडासम्मको समिति भोलि धार्मिक संगठनका रूपमा विकास हुँदै गयो भने हाम्रो जस्तो देशमा ठूलो प्रभाव पार्नसक्ने अवस्था रहेकोछ,’ सुरक्षा निकायका एक जना प्रमुखले भने ।

कोशी प्रदेशमा देखिएको पहिचान र धार्मिक मुद्दा कहाँसम्म पुग्ने भन्ने कुराको पनि समीक्षा गरिनुपर्ने बैठकमा उठेको छ । कोशी प्रदेशमा देखिएको सुरक्षा चुनौतीको समाधान कस्तो रूपमा गर्ने भन्ने निर्णय लिनुपर्ने सुरक्षा निकायको सुझाव थियो ।

कोशी प्रदेशको नामलाई लिएर विभिन्न जातीय संगठनहरूले आन्दोलन गरिरहेका छन् । त्यसलाई राजनीतिक दल निकट संगठनले पनि समर्थन गरिरहेका छन् । यस्तो अवस्थामा सुरक्षा चुनौती थपिइरहेको सुरक्षा निकायका प्रमुखहरूले बताएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी चन्द्रकुवेर खापुङले पहिचानको आन्दोलन र आउँदै गरेको उपनिर्वाचन केन्द्रित भएर छलफल भएको बताए । ‘१५ –१५ दिनमा हुने नियमित बैठक हो । समीक्षा पनि भयो । उप निर्वाचनलाई लक्षित र पहिचानको आन्दोलन केन्द्रित भएर सुरक्षा बैठक भएको हो,’ उनले भने ।

बिहिबार, २९ कार्तिक, २०८१, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर