गणेश लम्साल
असोज ३ गते संघ, प्रदेश र पालिकाहरुमा संविधानदिवस धुमधामसँग मनाइयो । दोस्रो संविधानसभाबाट ३ असोज २०७२ मा जारी भएको नेपालको पहिलो संघीय गणतान्त्रिक संविधान जारी भएको ९ वर्ष पुगेको खुशियालीमा संघीय सरकारले सदाझंै यो वर्ष पनि हर्षबढाइ ग¥यो । प्रदेश सरकारहरु र पालिकाहरुले पनि प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम अयोजना गरे । अनि नयाँ नेपालका लागि पहिलो पटक जनता आफैंले लेखेको संविधान जारी भएको खुसीमा सरकार निकायहरुमा साँझ दिपावली पनि गरिए । काठमाडौंको दरवार मार्गमा सरकारले राष्ट्रिय दिवसको दिन घोषणा गरेर भव्य साँस्कृतिक कार्यक्रम पनि आयोजना ग¥यो ।
तर, असोज ३ गते संविधान जारी भएकै दिनलाई केही राजनैतिक दलहरुले चाहिँ कालो दिनका रुपमा मनाए । खासगरी यही संविधानले प्रदान गरेको अवसरलाई लिएर पटक पटक सत्तामा पुगेका मधेशवादी दलहरुले जारी संविधानमा आफूहरुले हस्ताक्षर नगरेकोले अपनत्व नभएको भन्दै कालो दिनका रुपमा मनाउँदै आएका छन् । मधेशवादी दलका नेता राजेन्द्र महतो लगायतले संविधान जारी भएको दिनमा काठमाडांैमा विरोध सभा आयोजना गरे । यद्यपि मधेश प्रदेशमा भने पहिलो पटक यसपाली औपचारिक रुपमा संविधान दिवस मनाइयो ।
संविधान दिवसकै दिनलाई लक्षित गरेर पूर्वपत्रकार तथा राप्रपाका नेता रविन्द्र मिश्रले समाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल बनाए । उनले प्रत्यक्ष आफैं बोलेर आफंैले पोष्ट गरेको भिडियोमा प्रस्ट भनिएको थियो, ‘संविधान बनाउनेहरुलाई जस दिन किन कन्जुस्याइँ गरेको ? किन अर्काले गरेको कामको जस दिन गाह्रो मानेर सबै परिवर्तन आफूहरुले गर्दा मात्रै सम्भव भएको र संविधान आफूहरुले गर्दा मात्र जारी हुन सम्भव भएको भनेर भ्रम छरेको ?’ दार्शनिक स्वभावका राप्रपा नेता रविन्द्र मिश्रले आप्mनो भिडियोमा यदि प्रचण्डको नेतृत्वमा शसस्त्र जनयुद्ध नभएको थियो र माओवादीले संविधासभामार्फत् जनताका लागि जनता आफैंले आप्mनो संविधान लेखिनुपर्छ भनेर विद्रोह नगरेको थियो भने अहिलेको नयाँ नेपालको गणतान्त्रिक संविधान जारी हुनै नसक्ने प्रस्ट बताएका छन् । उनले माओवादीकै कारण देशबाट राजतन्त्र समाप्त भएको र देशमा गणतन्त्र आएको अनि नयाँ संविधान पनि लेखिन सम्भव भए पनि आफूलाई ठूला भनाउने दलहरुले संविधानको जस रगत पसिना बनाएको पार्टी र उसको नेतृत्वलाई दिन कन्जुस्याइँ गरिरहेको र उल्टै सबै परिवतर्न ल्याउने र गराउने आफूहरु मात्र हो भनेर भ्रम छरेर आफूले तँछाडमछाड गरी जस लिइरहेका छन् । मिश्रले जसले परिवर्तनका लागि उपलब्धीपूर्ण काम ग¥यो उसलाई जस दिन नचाहनु भनेको परिवर्तन पक्षधर हुनु नभएर हदैसम्मको कृतघ्न हुनु हो भनेका छन् । उनले बरु संविधानको जस माओवादी अध्यक्ष जस्तो प्रभावशाली व्यक्तिलाई दिएर उनको फोटो संविधानका पिता भनेर राजधानीमा टाँस्नुपर्ने र नारायहिटी राजदरवार मार्गलाई नाम परिवर्तन गरेर प्रचण्ड मार्ग नामकरण गर्नुपर्ने माग पनि दलहरुसँग गरेका छन् । उनले भिडियोमा प्रस्ट भनेका छन्, ‘राम्रो काम गर्नेहरुलाई जस दिन कन्जुस्याँइ गर्नु भनेको हदैसम्मको कृतघ्न हुनु हो यस्तो त शत्रुले पनि गर्न मिल्दैन ।’
पूर्वपत्रकार तथा नेता मित्र आफंैमा प्रतिक्रियावादी हुन् । उनी राजतन्त्र पक्षधर र संघीयता र गणतन्त्र विरोधी पनि हुन् । सशस्त्र द्वन्द्वकालमा भूमिगत नामले दलहरुलाई गाली गरेर राजतन्त्रको पक्षमा नेपाल साप्ताहिकमा नियमित लेख लेख्ने मिश्रले नेपालमा जारी भएको नेपालको गणतान्त्रिक संविधानलाई चाहिँ स्वीकार गरेका छन् । यसैले उनले दलहरुलाई कडा व्यंग्य गर्दै भिडियोमा प्रस्ट भनेका छन्, ‘कांग्रेस एमाले दलहरुले गणतन्त्र आफूहरुले ल्याएको र संविधान बनाएको भनेर जति भ्रम छरेर दाबी गरे पनि त्यो झुठो हो । यदि प्रचण्ड नभएको भए नेपालमा नयाँ संविधान बन्ने नै थिएन ।’
मिश्रले संविधान दिवसकै दिन पारेर समाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुको कारण अनेक होलान् । अथवा त्यसलाई आ–आफनो दृष्टिकोणले तोडमोड गरी अपव्याख्या पनि गरिएला । तर, उनले भने झैं कटु सत्य चाहिँ के हो भने यदि नेपालमा प्रचण्डको नेतृत्वमा दश वर्षसम्म सशस्त्र जनयुद्ध हुदैन थियो भने नेपालमा सयौं वर्षदेखि जरा गाडेर बसेको सामन्ती राजतन्त्रात्मक व्यवस्था न त अन्त्य हुन्थ्यो न त नेपालमा संविधानसभा गठन हुने थियो । अनि न त गणतन्त्र बहाली भएर दोस्रो संविधानसभाबाट जनताले पहिलो पटक आफंैले लेखेको गणतन्त्र नेपालको संघीय संविधान जारी हुने थियो ।
नयाँ संविधान जारी भएकै कारण वर्षांैदेखि उत्पीडनमा परेका दोस्रो दर्जाका नागरिकहरुले पहिलो दर्जाको अधिकार पाउन सकेका हुन् । शासन प्रशासनमा उनीहरुको पहुँच बढेको । राजनैतिनक, समाजिक मात्र नभएर समान आर्थिक र साँस्कृतिक अधिकार पनि प्राप्त गरेका हुन् । यद्यपि संविधान कार्यान्वयनमा अझै धेरै जटिलता हुँदा र संविधान आफूहरुले गर्दा नै जारी हुने संभव भएको हो भनेर हर्षबढाइ गर्ने दलहरुले बेवास्ता गर्दा आमनागरिकहरुले नयाँ नेपाल व्यवहारमा महशुस गर्न पाइसकेका छैनन् । अझै प्रदेशले संविधान प्रदत्त अधिकार हस्तान्तरण हुन कन्जुस्याँई हुँदा संघीयता कार्यान्वयन हुन बाधा पुगिरेहको छ । जसले जसका लागि संघीयता लागू गरिएको हो । पछाडि पारिएको त्यो वर्गले अझै संघीताको प्रतिफल अनुभूति गर्न पाइरहेका छैनन् । जसको फाइदा धमिलो पानीमा माछा मार्न सिपालु प्रतिक्रियावादीहरुले उठाउन खोजिरहेका छन् ।
यसैले संविधान जारी भएको जस माओवादीलाई दिन कन्जुस्याँई गर्नु भनेको फाटेको टालोले सत्यलाई छोप्नखोजे सरह हो । किनभने सबैलाई थाहा छ नेपालमा सशस्त्र जनयुद्ध किन भयो र गणतन्त्र कसरी र केकालागि ल्याउनु परेको हो भनेर ? के निहुरमुन्टी लगाएर राजतन्त्रालाई दाम चढाएकैभरमा गणतन्त्र आउने थियो ? नेपालमा गणतन्त्र आउनु र ल्याउनु भनेको बयल गाडी (गोरुगाडा) मा चढेर अमेरिका जानु सरह हो भन्नेहरुको नेतृत्वले गणतान्त्रिक नेपालको नयाँ संघीय संविधान लेखेको लेखाउने थियो ? कि काठमाडांैको रत्नपार्कमा भेला भएका दल र तीनका नेताहरुले एक दुई प्रहरीलाई ढुंगा हानेर एक दुई घण्टा नाराबाजी गरेकै भरमा लाखौं जनताहरु राजतन्त्रको विरोधमा गगनभेदी नारा लगाउँदै ज्यानको समेत पर्वाह नगरी देशैभर सडकमा उत्रिएका हुन् ? अनि ढुंगा हान्ने आन्दोलनको कारणले मात्र सदियौंदेखि जरा गाडेर बसेको राजतन्त्र श्रीपेच र गद्दी छाडेर भागेको हो ?
यसैले जसको बलमा परिवर्तन सम्भव भयो । जसले आम नेपालीहरुलाई अधिकार दिलायो । समानुपातिक समावेशी अवसरका लागि संविधान लेखायो र संघीयता कार्यान्वयन गरायो तिनै राजनैनितक एजेण्डा बोकेको दल र त्यसको नेतृत्वलाई ‘म पो ठूलो तँ मुला फुच्चे’ भनेर हेलाहोचो गरिरहनु भनेको औडाहाको अहंकार प्रकट गरिरहनु हो । अझै पनि माओवादी सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेर होच्याइरहनु भनेको ‘जसको मानु खानु उसैको जौ उखेलेर कृतघ्न बन्नु’ नै हो । तमाम परिवर्तनकारी मधेशी, आदिवासी जनजाति, उत्पिडित र दलित अनि महिलाहरुको आन्दोलनलाई बेवास्ता गर्नु हो । यसैले यो उखान पनि भनिएको होला, ‘गर्ने भन्ने हनुमान पाउ पुज्ने चाहिँ ढेडु ।’
संविधान कुनै एउटा पार्टी, व्यक्ति वा समुदाय र वर्गको पेवा होइन । यो सबै सार्वभौम नेपालीहरुको साझा अधिकारको दस्तावेज हो । अखण्ड नेपालको विधान हो । यसैले संविधानका बारेको सत्यलाई फाटेको टालोले छोप्ने प्रत्यन कसैले पनि नगरांै । जसले परिर्वनको एजेण्डाका लागि बलिदान ग¥यो त्यसलाई हिंसा गर्ने हत्यारा भनेर घृणाको भ्रम छरेर आफूले मात्र जस लिने प्रत्यन पनि नगरौं । बरु सबैले परिवर्तनलाई आत्मसाथ गर्दै साझा धारणा बनाएर जसयोग्यहरुलाई दिनुपर्ने जस दिएर अनि लिनुपर्नेहरुले पनि आप्mनो भागको जस लिएर आगामी संविधान सबैको बनाएर हर्ष बढाइँ गरौं । संविधान गतिशील दस्ताबेज भएकोले थप अधिकारका लागि मात्र सबैको सहमति बनाएर आवश्यकता अनुसार संशंसोधन गर्दै जाउँ । यसैले अबदेखि ‘गर्ने भन्ने हनुमान जस लिने ढेडु’ भनेझंै व्यवहार प्रर्दशन गर्न छाडौं ।