गणेश लम्साल
मोरङको कटहरी गाउँपालिका १ जमटोकीमा रहेको प्रदेश कृषि थोक बजार केन्द्रमा यही २७ देखि ३० भदौसम्म कोशी उद्योग बाणिज्य संघले विशुद्ध कृषि प्रर्दशनी मेला आयोजना ग¥यो । चार दिन सञ्चालन भएको सफल उक्त कृषि प्रर्दशनी मेलामा नेपाल र भारतका गरी १३० वटा कृषि खाद्य उत्पादनदेखि, यन्त्र, औजार, बिउबिजन र बिषादीहरुका स्टल राखिएका थिए । कोशी सरकारका मुख्यमन्त्री र संघीय कृिष मन्त्रीले भव्य रुपमा उद्घाटन गरेर प्रदेशका कृषी मन्त्रीले समापन गरेको यो कृषी प्रर्दशनीमा नेपाल र भारतका कृषि विज्ञहरूले आफनो अनुभवसहित कृषि प्रविधि र उत्पादनबारे जानकारी गराउन अन्तरसंबाद कार्यक्रममा सहभागिता पनि जनाएका थिए ।
संघीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत २०७५ सालमा तत्काल १७ करोडको लागतमा कटहरी १ को जमटोकीमा निर्माण भएको अत्याधुनिक फलफूल तथा तरकारी बजार व्यपारीहरु जान नमान्दा प्रयोगविहीन अवस्थामा थियो । ३ चैत २०७५मा संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयले निर्माण गराएको उक्त थोक बजार संरक्षणसहित सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
विराटनगरमा महानगरपालिकासँगै सिमाना जोडिएको सिंघीया खोला किनारमा ५ बिघा २ धूर जग्गामा फैलिएको उक्त थोक बजारमा ३८ वटा थोक र एउटा खुद्रा बिक्री कक्ष छन् । बैकिङ सुविधा हितको आधुनिक प्रशासनिक भवन, शौचालय, चमेना गृह, डिप ट्युबेल , सिसी टिभी, सवारी पार्किङ लगायतका सुविधाहरु पनि बजार परिसरभित्रै उपलव्ध छन् । बजारमा होलसेल पसल राख्न १४ सय ८८ वर्गमिटरको भवन र ३५१ वर्गमिटरको खुद्रा बिक्री भवन निर्माण गरिएका छन् । बजारमा प्रतिवर्गमिटर ३० टन तरकारी भण्डारण पनि क्षमता रहेको छ । तर, उक्त संरचना आफू मातहत आएपछि तत्काल प्रदेश नं १ सरकारको कृषि भूमि तथा सहकारी मन्त्रालय मार्फत निर्देशिका निर्माण गरी समिति निर्माण गराएर तरकारी बजार संचालन गराउन पहल थालेको थियो । तर ८० प्रतिशत प्राथमिकता दिएर छुटमा सूचना निकाल्दा पनि महानगरका व्यापारीहरु फलफुल तथा तरकारी थोक बजारमा गएनन् । तत्काल विराटनगर महानगरपालिकाले सूचना प्रकाशन गरेर विराटनगरमा रहेको गुद्री बजार सार्न पहल गरेपनि व्यापारीहरु जान नमानेकोले थोक बजार प्रयोगमा आउन सकेन । त्यसछि प्रदेश सरकारले व्यपारीहरुसँग खुसामद नगरी बजार संचालनमा ल्याउने योजना बनायो । तर, पनि थोक बजार सञ्चालनमा आउन सकेन । जसले गर्दा सरकारले करोडौं रुपैया खर्चेर कृषि विकासका लागि गरेको लगानी बालुवामा पानी झैं भैरहेको थियो । प्रयोगविहीन हुँदा बजारका संरचनाहरु पनि भत्किएर नष्ट हुन थालिसकेका थिए । कोशी उद्योग वाणिज्य संघले कृषि प्रर्दशनी मेला आयोजना गरेर उक्त संरचनाको सदुपयोग गरेको छ ।
यो प्रदर्शनी अधिक सफल भएको छ । देशविदेशका लगानीकर्ता, किसान, विज्ञ र सरकारी अधिकारी तथा कृषि वैज्ञानीहरु एकै थलोमा भेला भएर छलफल गर्ने अवसरबाट सबैले लाभ लिएका छन् । एक्स्पोको सबैले प्रसंशा गरेका छन् । एक्स्पोमा पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुदेखि उच्च पदस्थ व्यक्तिहरुले भ्रमण गरी एक्स्पो उच्चस्तरको भएको भन्दै प्रशंसा गरे । सँगसँगै अलपत्र र प्रयोगहीन संरचनाको सदुपयोग गर्ने कार्य धन्यवादयोग्य छ ।
कोशी प्रदेश देशकै पहिलो औधोगिक विकास भएको प्रदेश हो । र, यसको प्रादेशिक राजधानी विराटनगरमा एउटा सुविधासम्पन्न प्रर्दशनी स्थल नहुँदा मेला महोत्सव र विभिन्न प्रर्दशनीहरु आयोजना गर्न सास्ती हुने गरेको छ । उनीहरुले हरेक वर्ष अयोजना गर्ने औद्योगीक प्रर्दशनीहरु विद्यालय, सहिद मैदान वा उपलव्ध खुला मैदानमा सञ्चालन गर्न बाध्य छन् । जसले असुरक्षासँगै खर्च र हैरानी पनि धेरै हुने गरेको छ । व्यवस्थित प्रर्दशनी स्थल नहुँदा खेल मैदान र विद्यालयमा प्रर्दशनी आयोजना गर्दा खेल सञ्चालन र पठनपाठनमा बाधा पुग्ने मात्र नभएर उधोगी व्यापारीहरुलाई अस्थायी सामीयाना बनाउँदा चर्को आर्थिक भार पनि थपिने गरेको छ ।
व्यवस्थित प्रर्दशनी स्थल नहुँदा अन्तराष्ट्रिय स्तरका उद्योग र व्यपारीक कम्पनीहरु सहभागीता जनाउन अनिच्छुक हुने गरेका छन् । यसैले कोशीका उद्योगी व्यपारीहरुले आधुनिक प्रर्दशनीस्थल निर्माण गर्न संघ र प्रदेश सरकारसँग पटक पटक माग गर्दै आएका छन् तर सुनुवाइ भइरहेको छ ।
प्रदर्शनी स्थल बनाउन उद्योग संगठन मोरङले २५ करोड रुपैयाँ लागत इस्टिमेट तयार गरेपनि सरकारले सहयोग नगर्दा निर्माण कार्य भने अगाडि बढन सकेको थिएन । उद्योगी व्यापारीहरुले प्रर्दशनी स्थल निर्माणमा सहयोग पु¥याउन पटक पटक सरकार मात्र नभएर नेपालस्थित भारतीय राजदुतदेखि विभिन्न दातृ निकायलाई पनि लागत इस्टिमेटसहित आर्थिक स्रोतका लागि प्रोपोजल दिइसक्दासमेत निर्माण कार्य अगाडी बढेन ।
यसैले अब कोशी उद्योग वाणिज्य संघले कृषि प्रर्दशनी मेला आयोजना गरेझैं सरकारले यो बजारलाई प्रर्दशनीस्थलका रुपमा प्रयोग खुला सबैले प्रयोग गर्न गराउन चासो दिन आवश्यक छ । यसो गर्दा हाम्रै करबाट लगानी भएको करोडौं रुपैयाँ बालुवामा पानी झैं हुन पाउनेछैन । सँगै कोशी प्रदेशले पनि एउटा व्यवस्थित प्रदर्शनीस्थल पाउनेछ । जसले वर्षौदेखि खुला स्थानमा लाखौं खर्चेर मेला महोत्सव आयोजना गर्न बाध्य उद्योगी व्यपारीहरुले पनि सास्तीबाट मुक्ति पाउनेछन् ।