गलत विचारविरुद्ध झापाबाटै विद्रोह होस् : प्रचण्ड

विर्तामोड । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत विचार र प्रबृत्तिविरुद्ध झापाबाटै विद्रोह सुरु हुनुपर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा प्रचण्डले ओलीलाई सुधार्न आफूले धेरै कोसिस गरेपनि सम्भव नभएको बताए ।

झापाको पहिचान विद्रोहीको रहेको भन्दै प्रचण्डले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाट नै फेरि विद्रोह होस् भन्दै आफूले चाहेको बताए । ‘मैले स्वच्छ मनले एमालेको नेतृत्वलाई सुधार्न निकै कोसिस गरेँ । मिलेर चुनाव लड्ने प्रस्ताव मैले राखेँ’ उनले भने, ‘पार्टी एकता पनि गरियो । तर, ओली संविधान पनि मिच्ने र दलालसँग मिलेर पार्टीभित्र नै अन्तर्घात गर्नेतर्फ अगाडि बढे ।’

पछिल्लो अवस्थामा वामपन्थी मिल्दा नै जनमत बढ्ने र जनचाहना सम्बोधन हुने देखेर एमालेसँग समिकरण गरेको भएपनि ओलीले घात गरेको प्रचण्डले बताए । ‘एमालेको नेतृत्व यति धेरै विचलित भइसकेको, यति धेरै बुर्जुवाकरण भएको रहेछ कि गधालाई धोएर गाई नभएको जस्तो भयो’,उनले भने, ‘अब गलत प्रवृत्ति, विचार र संस्कारविरुद्ध सबैले लाग्नुपर्छ ।’

आइतबार, ३० भदौ, २०८१, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर