माओवादी अध्यक्ष प्रचण्ड दुई दिन पूर्वमै ब्यस्त रहने

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिनसम्म पूर्वी नेपाल झापा, मोरङ र सुनसरीमा व्यस्त हुने भएका छन् ।

प्रचण्ड अहिले विराटनगर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलबाट उनी सिधै विराटनगरको सिमानामा पर्ने कटहरीमा जारी कृषि एक्स्पोको अवलोकनमा जानेछन् ।

मेलाको अनुगमनपछि उनी बुढीगंगास्थित पूर्वमन्त्री तथा माओवादीका सांसद अमनलाल मोदीको घरमा खाना खाने कार्यक्रम छ । त्यसपछि उनले ग्रामथानको नेताचोकमा आयोजित पार्टी प्रवेश तथा जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि अध्यक्ष प्रचण्ड सुनसरीको इटहरीमा आजै हुने युवाहरूको जिल्ला प्रशिक्षणका लागि जानेछन् । त्यहाँको सम्बोधन पछि उनी बेलुका झापा पुग्ने माओवादी स्रोतले जनाएको छ । त्यसक्रममा कतिपय स्थानमा प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको अभियान चलाएको भन्दै त्यसको ऐक्यवद्धताका लागि युवाहरुले पुष्पगुच्छा दिने कार्यक्रम पनि रहेको माओवादी कोशी प्रदेशले जनाएको छ ।

प्रचण्ड आज झापामै बस्ने र भोली झापाको विर्तामोडमा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने बताइएको छ ।

शनिबार, २९ भदौ, २०८१, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर