विराटनगर । कोशी प्रदेशसभाका संसदीय समिति सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
सातवटा समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । सबै समितिमा एक–एक जनाले उमेदवारी दर्ता गराएका कारण शुक्रबार उनीहरुलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।
जसमा अर्थ समिति सभापतिमा बिनोद राई, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, सार्वजानिक लेखा समितिमा राजन किराँती, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव, प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाई र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल निर्वाचित भएका हुन् ।
निर्वाचित सभापतिहरुको पद तथा गोपनियताको शपथ पनि शुक्रबार नै सकिएको छ । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको २१ महिनापछि समितिले सभापति पाएका हुन् ।