दुई महिनापछि कोशी सरकारमा काँग्रेस सहभागी, मन्त्रीले लिए शपथ

विराटनगर । नेपाली काँग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेर संघीय सरकार बनेको दुई महिनापछि नेपाली काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।

आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काँग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशको एक मन्त्रालय भने अझै खाली छ ।

नवनियुक्त मन्त्रीहरुमा भुपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय छन् । यस्तै भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका छन् । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।

काँग्रेसबाट नियुक्त भएका मन्त्रीहरुमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहका हुन् भने हाङ्गाम र मण्डल संस्थापन समूहका हुन् । नेता डा.शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरु मन्त्री नियुक्त भएका हुन् ।

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिका विकास, एकराज कार्की खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा राज्यमन्त्रीको रुपमा नियुक्त भइसकेका छन् ।

शुक्रबार, २८ भदौ, २०८१, बिहानको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर