विक्रम लुईंटेल
२०७९ को निर्वाचनपछि हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री हुनुभएको छ । सुरूवाती चरणमा अंकगणितको अफ्टेरोबाट अगाडि बढ्नुभएका कार्कीले पछिल्लो चरणमा अंकगणितको चपेटाबाट मुक्ति पाएसँगै प्रदेशले पनि गति समातेको छ ।
२०८१ वैशाख २७ यता विगतका सरकारका काम कारवाही र गतिविधि हेर्दा अहिलेको सरकार लयमा चलेको सहजै अनुमान गर्न सकिन्छ । विगतमा सरकारले गर्ने विभिन्नखाले नियुक्तिहरुमा महिनैसम्म पखिर्नुपर्ने अवस्थामा थियो । यसपटक कार्कीले प्रदेश योजना आयोगदेखि लोकसेवा आयोग, लगानी प्राधिकरणदेखि मन्त्रालयको सचिवालयको विस्तारसम्म ढिला नगरि काम सुरु गर्नुभएको छ । गत वर्षको बजेट खर्च करिब ८० प्रतिशत मात्र भएकोले पनि यस पटक त्यसमा सुधार गर्न सरकार रफ्तारमा अघि बढेको देखिन्छ । सरकारले आफ्ना नियमित कामसँगै यस पटक केही नयाँ काम लाई प्राथामिकतामा राखेर अगाडि बढेको छ ।
यसबीचमा प्रदेश निजामति कर्मचारी ऐन संशोसन गरेर कर्मचारीको मागलाई सम्बन्धन गर्ने प्रयत्न सरकारले गरेको छ । आगामी वर्ष पर्यटन वर्ष मनाउने गरी अहिलेदेखि नै कोशी प्रदेश सरकारले तीव्र गतिमा तयारी थालेको छ । आगमी असोज ११ गते पर्यटन वर्षको घोषणा गर्ने गरी सरकारको तयारी छ । कोशी प्रदेशलाई धार्मिक र पर्यवारण पर्यटनबाट पर्यटक आकर्षित गर्ने प्रयत्न सरकारले गरेको छ । यसबाट कोशी प्रदेशको पर्यटन प्रवद्र्धन मात्रै होइन सिथिल भएको आर्थिक क्षेत्रलाई उकास्ने अपेक्षा गरिएको छ । यसको जगमा कोशी प्रदेशको समृद्धिलाई देख्न सकिन्छ ।
खास गरेर पर्यटन, प्रवद्र्धनमार्फत कोशी प्रदेशको विकासलाई अगाडि बढाउने तयारीस्वरुप यो काम द्रुत गतिमा भएको छ । प्रदेशमा पर्यटक प्रहरी र सीमा क्षेत्रमा भारतबाट आउने पर्यटकलाई सवारी साधनमै स्टिकर लगाएर बिचमा झन्झट नदिने तयारी गरेर सरकारले सकारात्मक सन्देश प्रवाह गर्ने प्रत्यन गरेको छ । यो आफंैमा सकात्मक सन्देश हो । यस्तै लगानी सम्मेलन यहि वर्ष गर्नेगरी कोशी प्रदेश सरकारले काम अगाडि बढाएको छ । यसअघि यस्ता प्रत्यन्न नभएको होइन । तर, यो पटक काम गर्ने गरी नै तयारी हुनु सकात्मक पक्ष हो ।
प्रदेशले पनि बैदेशिक लगानीलाई भित्र्याउन सक्छ भन्ने सन्देश दिने गरी गरिएको यो तयारीले अरु प्रदेशलाई पनि उर्जा थप्नेछ । जनताले अनुभूति गर्ने खालका योजनाहरुलाई लगानी सम्मेलनमार्फत प्रदेशमा व्यवसायिक बातवरण बनाउने तयारी गरिरहेको छ । यसै वर्ष अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी पनि छ । विगतामा अधुरो रहेको प्रदेशको गौरवको योजना कोशी रिफ्रेस सेन्टरको पहिलो चरणको काम सक्ने योजना पनि छ । त्यस्तै लामो समयदेखि लाइसेन्सको कार्ड नपाएर हैरान भएका नागरिकलाई प्रदेशमै तत्काल अस्थायी लाइसेन्स छपाइ गरेर दिने तयारी गरिएको छ । यी कामहरुका केही फेहरिस्त हेर्दा प्रदेश सरकार यस पटक केही गर्ने हुटहुटी र इच्छा शक्तिको साथ अघि बढेको देखिन्छ ।
प्रदेश सरकारले १०० दिन मनाउँदै गर्दा यस क्षेत्रको उद्योगी, व्यवसायी, शिक्षा, विद्यार्थी र समाजका विविध क्षेत्रसँग गरिएको अन्तरक्रिया र सुझाब संकलनले केही न केही प्रदेश सरकारलाई ढाडस मिलेको छ । प्रदेश सरकारले गरेका कामहरुका सकारात्मक प्रचारहरु हुन नसक्दा प्रदेशले गरेका कामहरु जनतामाझ पुग्न सकेको छैन । प्रदेश सरकारले काम गरेको छ । तर, त्यसको प्रचार हुन सकिरहेको छैन । प्रदेश सरकारका कतिपय काम स्थानीय र संघीय भन्दा राम्रो छ । पछिल्लो समयमा पहाडी क्षेत्रमा निर्माण भएका सडक र बजार क्षेत्रमा निर्माण भइरहेका सडक पनि उदारहणीय छ । तर, त्यो सडक र पूर्वाधार कसले बनायो भन्ने जानकारी आम नागरिकमा नहुँदा प्रदेशप्रति आलोचना बढेको छ । कतिपय यी सरकारका गतिलाई स्वीकार गर्न नसक्नेहरु सरकार र त्यसको नेतृत्वकर्तालाई अनावश्यक लान्छना लगाइ रहेका छन् । प्रदेश सरकारले आफ्नो स्रोत र साधनलाई ख्याल गरेर यस पटक काम गरिरहेको छ । तर, त्यसलाई नजरअन्दाज गरेर कतिपयले टिप्पणी गर्ने गरेका छन् ।
नेपालीमा एउटा उखान छ, ‘आफ्नो जिउमा कुदेको भैसी नदेख्ने तर, अर्काकोमा जु्रमा पनि देख्ने ।’ कतिपय भर्खरै सरकारबाट बाहिरिनुपरेकाहरुलाई अहिले यस्तै भएको छ । यस्तै बैचनीले सरकारलाई तथ्यहिन आरोप लगाएर रमाउने प्रत्यन पनि भइरहेको छ । आफ्नो हैसियत के हो र मर्यादा के हो भन्ने विषयलाई पनि भुलेर टिप्पणी हुुनु लाजमर्दो विषय हो । जे होस्, यसपटक सरकारले गति लिने प्रत्यन गरेको छ । विकासलाई तथ्यमा गएर हेर्ने प्रत्यन गरौं । साधन कति छ, स्रोत कति छ अनि थाहा हुन्छ, सरकारले गरेको छ कि छैन ।