आज हरितालिका तीज, ब्रत बस्नेहरुले ध्यान दिनुपर्ने विषय

विराटनगर । हिन्दु महिलाहरुको पर्व हरितालिका तीज, आज शुक्रबार मनाइँदैछ । विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य वर पाउनका लागि उज्यालो नहुँदै दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व महिलाहरुले धुमधामसँग मनाउँछन् ।तीजमा अविवाहित नारीहरु राम्रो श्रीमान कामना गर्दै दिनभरी मुखमा पानी समेत नहालेर महादेवको नाममा वर्त बस्ने गर्दछन् । विवाहित महिलाहरु आफ्नो स्वामीको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने संस्कार परापूर्वकालदेखि नै चलिआएको देखिन्छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ । तीजको दिन शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लाग्ने गरेको छ ।

धार्मिक दृष्टिकोणले राम्रो मानिएको उपवास स्वास्थका लागि पनि राम्रो हुन्छ । उपवासले शरीरमा भएको विकारहरु हटेर जाने विश्वास गरिन्छ । तर, केही नखाई व्रत बसेर शरीर कमजोर भई रोगसँग लड्ने क्षमतामा कमी आउनसक्ने जोखिम रहन्छ । त्यसैले पूर्ण भोकै बस्नु भन्दा केही फलफुल खाएर व्रत बस्नु उचित हुने चिकित्सकहरुले बताएका छन् ।

व्रत बस्ने व्यक्तिले पूजाआजा गरेपछि झोलिलो कुरा, सर्वत, जुस फलफूल, मिश्री, सुपको सेवन गर्न सकिन्छ । ज्येष्ठ नागरिक, बिरामी व्यक्ति, कमजोर महिलाहरुले आफ्नो स्वस्थ अवस्था आदिको विशेष रूपमा ध्यान दिनुर्छ । व्रतमा फलफुल सेवन गर्ने, पानी पिइरहने, गरेमा मस्तिष्कको रक्त नलीरुको कामलाइ सामान्य अवस्थमा राख्न मद्दत गर्छ ।

नियमित औषधी सेवन गर्ने, कमजोर शरीर भएका, बिरामी, गर्भवती, कुनै दीर्घरोग लागेका, परीक्षार्थी, बालिका वा किशोरी, वृद्धा,– मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका व्यक्तिहरुले ब्रत बस्दा थप समस्या बन्नसक्छ ।खाली पेट ब्रत बसेर स्वास्थलाई नोक्सानी पुगाउनुभन्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिएर रमाइलो गर्नु बुद्धिमतापूर्ण हुन्छ । पर्व मनाउने वा धर्म र संस्कृतिलाई निरन्तरता दिने नाममा आफ्नो स्वास्थ्यको ख्याल नगर्नु उचित हुँदैन ।

पानी पनि नखाइ नाँचगानतर्फ मात्र ध्यान दिँदा शरिरमा पानीको मात्रा कम हुनगई डिहाइड्रेसन हुनसक्छ । ब्रतको कारणले शरिरको रक्तचाप घट्न गई अचानक ढल्ने वा अन्य समस्याहरु पनि आउन सक्दछन् । यस्तो अवस्थामा शरिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु सम्बन्धि रोग लाग्ने सम्भावना अधिक रहने चिकित्सकहरुले बताएका छन् ।

विधि पु¥याएर व्रत बस्दा भने व्रतालुलाई फाइदा पुग्ने चिकित्सकहरुले बताएका छन् । पेटै खाली हुनेगरी व्रत बस्दा खाना पचाउने शक्ति आवश्यकता पर्दैन । यसरी शक्ति आवश्यक नहुँदा व्रत बसेको अवस्थामा खाना पचाउने शक्ति शरीरको अन्य अंगको काममा सक्रिय हुन पुग्छन् । श्वास प्रणाली, स्नायु प्रणाली, मुटुको मजबुती लगायतका लागि शक्ति आवश्यक हुने चिकित्सक बताउँछन् ।

ब्रत बस्दा श्रीमानको आयु लामो नभएपनि आफैंलाई फाइदा हुने डा.दिनेश बाँस्तोलाको भनाइ छ । व्रत बस्दा व्रतालुलाई नै शारीरिक तथा मानसिक रुपमा पनि फाइदा पुग्ने उनले बताए । व्रत बसेर पेट खाली भएको अवस्थामा संरचित भएर रहेको बोसो पग्लेर शरीरको विभिन्न अंग तथा प्रणालीमा पुग्छ । यसरी भण्डारण भएर रहेका बोसोलगायतका पोषक तत्व शरीरको एक अंग तथा प्रणालीबाट अर्को अंग तथा प्रणालीमा पुग्दा शरीर रिफ्रेस हुने उनले बताए ।

तीजको व्रत बस्नुअघि खानपानमा निक्कै ध्यान पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ । व्रतको अघिल्लो दिन पेटभरि दर खाएर भोलिपल्ट पानी पनि नखाई बस्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुन्छ । पूर्ण निराहार व्रत बस्नुपूर्व आंशिक बस्नु उचित हुनेछ ।पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बस्ने परम्परा सुरु भएदेखि नै तीजको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । महादेव खुसी भएर व्रत सफल भएको कथन छ ।

शुक्रबार, २१ भदौ, २०८१, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर