आन्तरिक मामिला मन्त्री र सचिबबीच कार्यसम्पादन सम्झौता

बिराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाबीच कार्यसम्पादन सम्झौता भएको छ ।

प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ अनुसार मन्त्रीले कार्य सम्झौता गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरुलाई साउन १५ गतेभित्र कार्यसम्पादन सम्झौता गर्नलाई निर्देशन दिएका थिए । सोही अनुरुप मन्त्रालयले सम्झौता गर्न सुरु गरेको हो ।

मुख्यमन्त्री कार्कीले १५ गतेभित्र मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका थिए । उनले साउन १ गतेदेखि नै लागू हुनेगरि प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

कार्य सम्पादन गरेपछि मन्त्रालय र माताहतका काम गर्न सजिलो हुनेछ ।

मङ्गलबार, ०८ साउन, २०८१, बिहानको १०:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर