उत्पादन घटाइरहेका आइरन उद्योगहरु उत्पादन स्थगनतर्फ उन्मुख

प्रिमियर स्टिल उद्योगको उत्पादन एकसातादेखि बन्द

विराटनगर । एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगले एक सातायता फलामे डण्डी उत्पादन र स्पञ्ज मेल्टिङ गर्ने दुबै काम स्थगन गरेको हो ।

उद्योग बन्द भए पनि त्यहाँ कार्यरत कामदार कर्मचारीहरुलाई भने विदा दिइएको छैन । उद्योगले उत्पादन बन्द गरेर प्लान्ट तथा गोदाम सरसफाइमा ती मजदुरहरुलाई खटाइरहेको छ ।

उद्योगका संचालक पवनकुमार सारडाले उद्योगले उत्पादित तयारी वस्तु बजारमा बिक्री गर्न नसकेकै कारण उत्पादन बन्द गरेको जानकारी दिएका छन् । उनले अझै केही दिन उत्पादन नगर्ने उनले बताए । ‘बजारमा माग नै छैन, विकास निर्माणको काम ठप्प छ, नयाँ घर बन्ने दर पनि घटेको छ, यस्तो समयमा उद्योगले उत्पादन जारी राख्न निकै चुनौती छ, त्यसैले केही समय उत्पादन रोकौं भनेर बन्द गरेका हौं,’ उद्योगी सारडाले भने ।

प्रिमियर स्टिल उद्योगले एक वर्ष अगाडि मात्र बिलेटमा आधारित उद्योगलाई मेल्टिङ उद्योगमा परिणत गरेको थियो । सरकारले मेल्टिङ उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा भन्सार छुट दिने नीति लिएको थियो । बिलेट आयातमा पाँच प्रतिशत भन्सार र अन्तशुल्क महशुल लिइरहेको सरकारले स्पन्ज आयात गर्दा एक प्रतिशत,दर र अन्तशुल्कमा छुट दिने नीति लिएपछि करिब एक अर्ब लगानीमा स्थापना भएको उद्योगमा अरु एक अर्ब लगानी थपेर मेल्टिङ प्लान्ट जडान गरिएको थियो । दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता भएपनि ५०० टन क्षमताको प्लान्ट मात्र सञ्चालनमा रहेको र क्षमता भन्दा करिव आधा मात्र उत्पादन गरिरहेको उद्योगले जनाएको छ । एक सातादेखि भने त्यो उत्पादनसमेत बन्द गरेको उनले बताए । उनले भने ‘बजारबाट माग नै नआएपछि उत्पादन मात्र गरेर भएन, त्यसैले अहिले हामीले स्टकमा भएको वस्तु बिक्री गरिरहेका छौं केही दिन नयाँ उत्पादन गर्दैनौं ।’ सरकारले उद्योगमा दीर्घकालिन प्रभाव पर्ने गरी नीति बनाउने र त्यस्तो नीतिमा छिटोछिटो परिवर्तन गर्दा ठूलो समस्या हुने उनले बताए ।

‘दुई वर्ष पहिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिलेटमा आधारित उद्योगलाई मेल्टिङमा परिवर्तन गर्ने नीति लिनुभयो, राष्ट्रका लागि त्यो नीति गलत थिएन तर आजको भोलि नै उक्त नीति कार्यान्वयन हुनुपर्छ भन्ने विषयमा हामीले विरोध ग¥र्यौं । पछि हामी पनि राज्यको नीति अनुसार नै जाऔं भनेर मेल्टिङमा गयौं, आज देशभर १८ ओटा मेल्टिङ उद्योग स्थापना भइसकेका छन् । २५ वटा आइरन उद्योगमध्ये सात ओटा उद्योगहरुले कुनै हालतमा मेल्टिङमा जादैनौं भनेर बसे । तर हामीले लगानी थपेर स्पन्जबाट बिलेट उत्पादन गर्न थाल्यौं । दुई वर्ष बित्न नपाउँदै सरकारले फेरि मेल्टिङ उद्योगलाई निरुत्साहित गर्ने र पुरानै बिलेट उद्योगलाई प्रोत्साहन गर्ने गरी यसपालिको बजेटमा नयाँ नीति लियो ।,’ उद्योगी सारडाले भने ‘यसरी सरकारले लिने नीतिमा स्थायित्व नहुँदा र छिटोछिटो परिवर्तन गर्दा हामीले गरेको अरबौं रुपैयाँ लगानी जोखिममा परेको छ, बजारमा उत्पादन बिक्री भइरहेको छैन, विकास निर्माणमा सहजीकरण गर्न सरकारले ठेकेदारलाई भुक्तानी दिँदैन अनि त्यसको सोझो मार उद्योग, उद्योगी र उत्पादनमा परिरहेको छ । यहि कारणले मात्रै हामीले उत्पादन स्थगन गरेको चाहिं होइन तर यो पनि समस्याको एउटा कारण भने हो ।’

विराटनगरस्थित बजरंग स्टिल उद्योगका सञ्चालक रमेश राठीले आइरन उद्योगहरुको अवस्था एकदमै नाजुक रहेको बताए । उनले भने ‘आइरन उद्योगहरुले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । हामीले पनि क्षमता अनुसार उद्योग सञ्चालन गर्न सकेका छैनौं किनभने बजारमा डिमाण्ड नै छैन, डिमाण्ड नभएपछि उत्पादन मात्र गरेर भएन त्यसैले सबैले उत्पादन कटौती गरेका छौं ।’

एकातिर फलाम उत्पादन गर्ने उद्योगहरु धराशायी बनेका छन् भने डिमाण्ड डाउनवार्ड हुँदा मूल्य पनि घटिरहेको छ । अहिले उद्योगले भ्याट बाहेक प्रतिटन ७७ रुपैयाँका दरले डण्डी बिक्री गरिरहेको उद्योगी राठीले जानकारी दिए । उनले भारतमा भन्दा नेपालमा फलामे डण्डीको मूल्य निकै न्यून रहेको पनि बताए । भारतबाट स्पन्ज र स्क्राइब ल्याएर प्रशोधन गर्दा पनि नेपाली मूल्य अझ सस्तो हुनुले यहाँको उद्योग र उत्पादनको अवस्था बुझ्न सकिने उनले बताए ।

विदेशबाट आयात हुने स्क्रयाबमा दिएको शून्य भन्सारमा अहिले एक प्रतिशत महशुल लिन थालिएको छ भने स्पन्जमा पनि भन्सार महशुल एक प्रतिशतबाट बढाएर २.५ प्रतिशत पु¥याएपछि स्मन्ज मेटिल्ट्र उद्योगहरुको अवस्था थप धराशायी बनेको हो ।

मङ्गलबार, ०८ साउन, २०८१, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर