हास्य कलाकार हरिबंश आचार्य अस्पताल भर्ना

विराटनगर । महजोडी तथा हास्य कलाकार हरिबंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए ।

हिंजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कन लागेका थिए । सो क्रममा नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए । आचार्य बिरामी भएपछि उनलाई भेट्नेहरुको अस्पतालमा घुइँचो लागेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनको अवस्था सामान्य रहेको आफूले पाएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

आइतबार, ०६ साउन, २०८१, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर