प्रश्नको घेरामा परे ऊर्जामन्त्री खड्का

‘मन्त्रीज्यू हाम्रा वस्तुभाउले पेटभरि पानी खान पाउँछन् ?’

विराटनगर । संखुवासभाका जनताले नवनियुक्त ऊर्जा मन्त्री दीपक खडकालाई प्रश्न गरेका छन् । उनी केपी ओली नेतृत्वको सरकारमा काँग्रेसको कोटाबाट ऊर्जा मन्त्री बनेका हुन् । लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी र मेन्छेयायेम हाइड्रो पावर लिमिटेडका संस्थापक अध्यक्ष समेत हुन् । खड्काको कम्पनीले संखुवासभाको पिलुवा खोलामा उनी ४.७२ मेगावाटको मेन्छायायेम जलविद्युत आयोजनाका संचालन गर्दै आएका छन् ।

चैनपुर नगरपालिका २ छोटीढुङ्गाभन्ने स्थानमा यो आयोजना संचालनमा रहेको छ । हाइड्रो पावर संचालनगर्दा खोलामा बगेको पानीको १० प्रतिशतले छोड्नु कानुनी व्यवस्था रहेको छ । तर उनले नछाड्ने गरेको स्थानीयको आरोप रहेको छ । चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले पनि हिउँदमा हाइड्रोले पानी नछाड्ने गरेको बताए । ‘अहिले सम्म हामीसँग उजुरी त आएको छैन,’ उनले भने ‘तर बर्खामा पानी धेरै भइहाल्छ हिउँदमा चाहिँ छोड्दैन्न ।‘ उनले घरमुलीको कथा सुनाउँदै भने ‘अब मन्त्रीज्यूले हेर्नु होला नि ।’

अनुगमन नियमन गर्ने मान्छे नै मन्त्री भएपछि अब राहत मिल्ने भन्दै मन्त्रीप्रति स्थानीयले भने कटाक्ष गरेका छन् । ‘पहिला उहाँ सांसद मात्रै हुँदा त खोलामा शव जलाउने पानी पनि छाड्दैनथे’ चैनपुर नगरपालिका २ सूर्यकिरण भण्डारीले भने ‘अब मन्त्री भएपछि त शव जलाउँदा चिता पखाल्न त पाइन्छ होला नि ।’ ती स्थानीयले थपे अब हाइड्रोका संचालकसमेत रहेका हाम्रा माननीय मन्त्री हुनु भएको छ । अब हाम्रा गाई बाख्राले पनि खोलामा पेटभरि पानी खान पाउँछन् भन्ने लागेको छ ।’

उनी १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत परियोजनामा पनि संलग्न रहेका छन् । प्रभावित क्षेत्रकाजनतालाई दिने भनेको राहत तथा सामुदायिक विद्यालयहरूलाई दिने भनेको सेयरसमेत नदिएको संखुवासभा काग्रेस नेता ज्ञानबहादुर बस्नेतले बताए । ‘हाइड्रोमा धेरै विवादहरू सुनेका छौ,’उनले भने ‘प्रभावित क्षेत्रकाजनतालाई सेयर भनेको सेयर सामुदायिक विद्यालयलाई दिने भनेको सेयर समेत नदिएको बुझेका छौँ । अब मन्त्री बन्नुभयो दिनु हुन्छ होला । ’

खोलामा हिउँदको समयमा कमिला बगाउने पानी पनि नहुने गरेको चैनपुर नगरपालिका २ का वडा अध्यक्ष फुर्दावा सेर्पाले बताए ।
उनी काठमाडौँमा बस्छन् । पुख्र्याैली घर भने संखुवासभा हो । काठमाडौँ बस्ने गरे पनि उनी राजनीति भने संखुवासभाबाटै गर्छन् । उनी कांग्रेसका शसांक कोइराला निकट मानिन्छन् ।

खोला झोलामा भनेर हिँड्नेलाई स्वार्थ बाझिने गरी मन्त्री बनाएको भन्दै एमालेका नेताहरू भने रुष्ट छन् । स्वार्थ बाझिनेलाई मन्त्री बनाउन सिफारिस गरेर कांग्रेसले गल्ती गरेको नेताहरूको आरोप रहेको छ । मन्त्रीले ‘अब हाम्रो खोलानाला कसरी बिक्री हुन्छन् पछि थाहा पाइहाल्नु हुन्छ’ एमालेका संखुवासभाका एक नेताले भने ‘झोलामा खोला बोक्नेसँग हाम्रो कुनै आश छैन । ’ उनीमाथि नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षाैंदेखि कब्जा गरेको आरोप पनि लाग्दै आएको छ ।

२०७२ सालतिर संखुवासभाकै कमल नारायण लिङथेपको समूहले यो हाइड्रो बनाउन सुरु गरेका थिए । उनीहरूले निर्माण चरणको सुरुवातमै पैसा अभाव भएपछि खड्कालाई १ करोड २३ लाख रुपैयाँमा बेचेका थिए । रसुवामा १२० मेगावाट क्षमताको विद्युत आयोजनासमेत उनको लगानी रहेको जानकारहरू बताउँछन् ।

मन्त्री खडकाको कम्पनीका कार्यकारी निर्देशक सेवक पोख्रेलले तीन वटा जलविद्युत कम्पनीमामा खडकाको सेयर रहेको बताएका छन् । मेन्छायायेम हाइड्रो २०७३ सालदेखि निर्माण सुरु गएको थियो । गत वर्ष आएको बाढीले भने ठुलो क्षति पुराएको पोख्रेलले बताए । हाम्रो भन्दा तल पनि हाइड्रोरहेकाले हामीले चाही पानी छोड्ने गरेका छौ,’ पोख्रेलले भने ‘जनताले आरोप नलाउने गरी काम गरिरहेका छौ । ’
मेन्छायायेम कै छेउमा मन्त्री खडकाकै लगानीमा देवी हाइड्रो निर्माणाधीन अवस्थामा रहेको छ । रसुवामा लाम्टाङ भोटेकोशी हाइड्रो पावर कम्पनी प्रालिले रसुवा भोटेकोशी जलविद्युत आयोजन संचालन गरिरहेको छ । कार्यकारी निर्देशक पोख्रेलले भोटेकोशी जलविद्युत आयोजनमा विदेशी लगानी समेत खडकाले भित्र्याएको दाबी गरे ।

२९ वटा हाइड्रोहरूसंखुवासभामा रहेको सूचना भएको प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खडकाले बताए ।

बुधबार, ०२ साउन, २०८१, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर