विराटनगर । सामान्य किसान परिवारमा जन्मेका पिन्टु मेहतालाई स्वदेशमा केही गर्छु भन्ने सोच सानै देखि थियो । विद्यालयमा अध्ययन गर्दा नै उनले जन्मस्थानमा आफ्नै व्यवसाय गरेर बस्ने योजना बनाएका थिए । तर सामान्य किसान परिवारमा जन्मेका उनलाई बुबाले विदेश पठाउने तयारी गर्दे थियो ।
२२ वर्षमा मेहता प्लस टु पास गरेपछि बुबाले विदेश पठाउने निधो गरे । विदेश जान लाग्ने खर्च जुटाउन बुवा ज्ञानदेव मेहता सक्रिय भएका बेला पिन्टुले विदेश जाने बुवाको प्रस्तावलाई अस्वीकार गरेर आफ्नै व्यवसाय सुरु गर्ने निधो गरे ।
उनले आफ्नो जन्मस्थान सुनसरीको देवानगंज १ मध्यहर्षाहीमा ३१ हजारको लगानी गरे डेरी उद्योगको स्थापना गरे । उनले सुनसरी बागेश्वरी डेरी प्रालि स्थापना गरेर स्थानीय किसान वाट दूध संकल्न गरेर व्यवसाय सुरु गरेका हुन ।
विस २०७२ सालमा एउटा फ्रिज किनेर दुदबाट उत्पादन हुने हरेक उत्पादनलाई स्थानीय बजारमा नै बेचेर व्यवसायलाई निरन्तरता दिँदै गए । उनी भन्छन् ‘हरेक महिना भएको आम्दानी डेरी उद्योगमा लगानी गर्दे थप बिस्तार गर्दे गए । अहिले ३१ हजार वाट सञ्चालन गरेको डेरी डेढ करोडको बनेको छ ।’
वैदेशिक रोजगारीमा जाने गरेका युवा पछिल्लो समय स्वदेशमै उद्योग व्यवसायमा रमाउन एक सन्देश दिन आफूले डेरी स्थापना गरेको उनले बताए । सुरुमा धेरैले हाँसे र मजाक बनाए तर अहिले युवाहरू व्यवसायको बारे बुझन आउने गरेको मेहताले सुनाए । दैनिक ४० लिटर दूध स्थानीय किसान वाट आफैले किन्ने दूधजन्य पदार्थ बनाएर व्यवसाय गर्दे आएका मेहताले अहिले ४ स्थानमा दूध सङ्कलन केन्द्र सञ्चालन गरेका छन् ।
उनले सुनसरीको देवानगंज , हरिनगर , बर्जू र भोक्रहा नसिङ्ग गाउँपालिकामा किसानको दूध संकल्न गर्ने केन्द्र सञ्चालन गरेको छ । चारै केन्द्रमा दैनिक ४ हजारको हराहरीमा दूध संकल्न गरी सुनसरीको देवानगंज १ स्थित सञ्चालन गरेको डेरीमा दूध , दही घ्यु , नौनी ,पनिर , मही लगायतका सामग्री उत्पादन गरेर कोशी प्रदेशको राजधानी विराटनगर देखि मधेस प्रदेशका सप्तरी र सिराहाका बजारमा बिक्रीका लागि पठाउने गरेको छ । बिहार वाट समेत भोज भतेरमा आफ्ना डेरीका दूधजन्य पर्दाथको उत्पादनको माग बढिरहेको मेहताले बताए । सप्तरी र सिराहामा व्रतबन्ध, विवाह ,मृत्यु भोज लगायतका ठुलो भोजभतेरमा माग बढेको छ , –मेहताले भने ‘ विहार वाट आफ्नै गाडी लिएर उत्पादनको सामग्री लिन आउँछ ,तर नेपालमा आफ्नै गाडीले बिहान पठाउने गरेको छु ।‘३१ हजार वाट सुरु गरेको व्यवसायले अहिले मासिक दुही लाख बराबरको आम्दानी हुने गरेको उनले बताए । तर आम्दानी वाट घर व्यवहार चलाएर बाकी रहेको व्यवसायमा नै लगानी गर्ने गरेको उनले बताए । अझै विस्तार गर्नु छ उनले भने –‘ कोशी प्रदेश नमुना डेरीको रूपमा विस्तार गर्ने लक्ष्य लिएको छु । उनले अहिले एक दर्जन युवालाई रोजगार दिएका हुन ।
कोरोना कालमा भएको लकडाउनमा झन्डै धेरै नै नोक्सान भएकाले अहिले सोचे अनुसारको व्यवसाय विस्तार गर्न नसेको उनले बताए ।