कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यहरुमा डा.सिताराम बस्नेत (काठमाडौं), किशोरकुमार रार्इ (धरान), भवानी बराल (धरान) र, नमिता न्यौपाने (विराटनगर)लाई नियुक्त गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगकको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी यसअघि नै नियुक्त भइसकेका छन् । आज नियुक्त भएकामध्ये बस्नेत र राई नेकपा एमालेको कोटामा तथा बराल र न्यौपाने माओवादीको कोटामा नियुक्त भएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्र गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेको राजनीतिक तथा शान्ति वार्ता समितिसमेत गठन गरेको छ । समितिको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई तोकिएको छ ।

सोमबार, २८ जेठ, २०८१, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page