विराटनगरको नोबेल र विराटसहित १० मेडिकल कलेजमा पुन: विमा सेवा सुरु हुँदै

विराटनगर । स्वास्थ्य विमा बोर्डले विराटनगरको नोबेल र विराट टिचिङ अस्पतालसहित १० वटा मेडिकल कजेललाई विमा सेवा सुरु गर्न दिने निर्णय गरेको छ ।

साउन १ गतेबाट लागू हुने गरि मेडिकल कलेजहरुलाई स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न दिने निर्णय गरेको हो ।

विमा संचालनको लागि स्वीकृत दिएका मेडिकल कलेजहरुमा बीएण्डसी, विराट, नोवेल, किष्ट, नेपाल, मनमोहन, नेपालगञ्ज, चितवन, देवदह र काठमाडौं मेडिकल कलेज रहेका छन्। विमा बोर्डका निर्देशक डा. दामोदर बसौलाका अनुसार सेवा सञ्चालनका लागि निवेदन दिएर प्रक्रिया पुगेका संस्थालाई साउन १ बाट सेवा संचालन गर्ने गरी शुक्रबार सम्झौता गरिएको जानकारी दिए । उनले ठूला सेवा प्रदायक संस्था थपिएसँगै सेवाग्राहीलाई सहज हुने बताए ।

शुक्रबार, १८ जेठ, २०८१, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर