नेराकसद्वारा सहिद माविमा ५५ हजारको अक्षयकोष

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठनका स्थानीय समितिहरूले गणतन्त्र दिवसको अवसरमा सुनसरी, मोरङ र पाँचथरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी मनाएका छन् ।

नेराकस मोरङले तरहरास्थित सहिद आवासीय माध्यामिक विद्यालयमा विपन्न तर, जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा बजेटबाट छात्रवृत्ति दिन ६० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आगामी दिनमा अक्षयकोष रकम वृद्धि गरी ५ लाखको बनाइने कोशी प्रदेशका अध्यक्ष रुद्र सुवेदीले जानकारी दिए ।

सुनसरीको जिल्ला समितिले इटहरी उपमहानगरपालिकास्थित एक निसहाय बालआश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।यसैगरी पाँचथरले गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । संगठनले जनसेवा र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सामाजिक क्रियाकलाप आयोजना गरेको जानकारी दियो ।

अध्यक्ष सुवेदीले गणतन्त्रको स्थापनाले निरंकुश शासन प्रणालीको अन्त्य भएको हुँदा यसलाई उत्सवको रूपमा मनाउने निर्णय गरी विविध क्रियाकलाप आयोजना गरिएको जनाए ।

संगठनले भविष्यमा सेवाग्राही र सेवाप्रदायकबीच सुमधुर सम्बन्ध कायम गर्दै जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताएको छ ।

बुधबार, १६ जेठ, २०८१, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर