परिचालित अन्ध राष्ट्रवाद र शासकीय हतियार

  मणि दाहाल

राष्ट्रको प्रतिकुलतामा आधारित राष्ट्रवादको चर्को नारालाई अन्ध राष्ट्रवाद भनिन्छ । यो स्वतालित हुँदैन, परिचालित हुन्छ । अदृश्य रुपमा परिचालित हुने हुँदा यसको पछाडी दौडने जनतालाई आफू परिचालित छु भन्ने थाहा हुँदैन । यसले देश जनता र समयको हितानुकुलता भन्दा घोषित स्वार्थको पूर्णतालाई मात्र प्राथामिकतामा राख्छ । अभाब, बेरोजगारी र कुशासनको पिडामा छट्पटिएका जनताको बिचमा अन्ध राष्ट्रवाद अत्यान्तै लोकप्रिय हुन्छ ।

अन्ध राष्टवाद सत्तासिँडिको सजिलो माध्यम हो । राजनीतिक रुपमा असचेत जमातलाई झुक्याउने अन्य सबै बाहानाबाजी सकिएपछि लेकप्रियताको अन्तिम अश्त्रको रुपमा यसको प्रयोग हुन्छ । शासकहरु जात, धर्म, राष्ट्रवाद र आतंकवादलाई राजनीतिक र रणनीतिक अस्त्रको रुपमा प्रयोग गर्छन् । आम प्रबृत्ति, पृष्टभूमि नबुझेका र अर्धसचेत जनताको बिचमा यो लोकप्रिय पनि हुन्छ । तर, यो मौसमी हुन्छ । यसमा न त राष्ट्रियताको भावना हुन्छ, न त देश प्रेम नै ।

जनतालाई भ्रमको पर्दामा छोप्न सफल हुनु अन्ध राष्ट्रवादको विशेषता हो । साथै जनतालाई आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछि पारेर राष्ट्रवादको कृत्रिम नारामा शासन सत्ताको निरन्तरता यसको लक्ष्य हो । अनि राष्ट्रहित विपरित विदेशी शक्तिहरुसामु लम्पसार पर्दै गोप्य रुपमा राष्ट्रघाती सन्धि सम्झौता गरेर शासन सत्ता लम्ब्याईरहनु यसको रणनीतिक लक्ष्य हो ।

अन्ध राष्ट्रवाद पानी धमिल्याएर माछा मार्न खप्पिस हुन्छ । देश, समय, काल र परिस्थिति अनुसार यसको रुप फरक–फरक किसिमको हुन्छ । कहिले यो खास धर्मको आवरणमा देखा पर्छ । कहिले जातको आवरणमा भने कहिले खास भूगोलको आवरण लगायतका सस्तो लोकप्रियतावादी अनेकांै फण्डाहरु यसका आधारहरु हुन् । अर्ध सचेत र असचेत जनता यसका मुख्य स्रोत हुन् । अदृश्य शक्ति केन्द्रको उक्साहट यसको प्रेरणा हो ।

संसारका अन्ध राष्ट्रवादीहरु एक हुन्छन् । उनीहरुबीचको आपसी साँठगाँठ र सल्लाह मुताबिक देश देशमै कुनै न कुनै फण्डाहरु पालिरहेकै हुन्छन् । कहिलेकाहिँ ती फण्डाले जनता—जनताबीचको आपसी द्वन्द्वलाई मत्थर बनाएर सबैलाई एक पनि बनाउछ । कहिलेकाहिँ एकता र सद्भावलाई द्वन्द्वमा पनि परिणत गरिदिन्छ । कुनै एक देशको शासकको स्वार्थमा संकट आउनसाथ उसले अर्को देशको शासकको साहारा लिन्छ । अनि त्यो देशको शासकले संकटउन्मुख शासकको स्वार्थ अनुकुल कुनै सबालमा राष्ट्रवादको फण्डा चलाउछ । सो फण्डाबिरुद्धमा संकटउन्मुख देशका जनता एक हुन्छन् र संकट समाधान हुन्छ ।

अन्ध राष्ट्रवाद यति कुटिल हुन्छ कि जुनबेला भारतमा हिन्दु मुश्लिम धार्मिक द्वन्द्वले नरेन्द्र मोदीको सत्तामा संकट आएथ्यो । त्यसबेला नेपालका शासकले नेपालको ठोरीमा राम जन्मेको धार्मिक फण्डा चलाए । सो फण्डाको बिरुद्धमा भारतका सबै जातजाति र धर्मावलम्बीहरु एक भए । मोदीको तत्कालीन समस्या समाधान भयो । नेपालका शासकहरुले सोहि धार्मिक फण्डाले निर्वाचनमा पुनः विजय हाँसिल गरे ।

नेपाल पनि अन्ध राष्ट्रवादको भूत सवारबाट मुक्त थिएन र छैन । निरंकुश राजतन्त्र र पञ्चायती शासकहरुले अन्ध राष्ट्रवादलाई शासन टिकाउको माध्यम बनाए । राष्ट्रवादको नकाबमा सृजित जनदमन र आतंक पञ्चायती व्यवस्थाको एक मात्र आधार बन्यो । तर, तत्कालीन शासकहरु राष्ट्रवादी छँदै थिएनन । राष्ट्रवादी भएका भए बिदेशबाट विवाह गरेर ल्याएका बुहारीलाई जग्गेमै नागरिकता दिने कानुन पञ्चहरुले बनाउने थिएनन् । नेपाल नागरिकता ऐन २०२० कसले ल्याएको हो ? नेपाल बाहेक संसारमा यस्तो नियम कतै छ ?

राष्ट्रको हित विपरितका अनेकौं सन्धि, सम्झौता र अन्ध राष्ट्रवादीहरुको कुटिल तवरको राष्ट्रवादी नाराबाट हामी पनि अछुत छैनौं । १९५० को सुगौली सन्धि र कोशी, गण्डकदेखि माहाकाली हुँदै एमसिसीसम्मका राष्ट्रघाती सन्धिका खलनायकहरुको राजनीति गर्ने मुल हतियार नै राष्ट्रवाद हुँदै आएको छ । उनीहरुको नक्कली राष्ट्रवादको आवरणले हामीलाई पनि पिरोल्दै आएको छ । युगौंदेखि जातीय र धार्मिक सद्भब कायम रहँदै आएको हाम्रो देशमा जातीय र धार्मिक द्वन्द्वको बिजारोपण भयो । वर्गीय सवालहरु गौण बनेर जातीयतामा रुपान्तरित भए ।

जहाँ कुशासन छ, जहाँको कर्मचारीतन्त्र जिम्मेवार र अनुशासित छैन, जहाँ आत्मानिर्भर तथा दिगो रोजगारमुलक अर्थतन्त्रको विकाश छैन, जहाँ राजनीति सेवा नबनेर ब्यवसाय बनेको छ । जहाँ अपराधीहरु राजनीतिक दलमा आबद्ध भएर चोखिन्छन् । अनि जाहाको जनशतिm विदेशका गल्लीमा श्रम बेच्न बाध्य हुन्छ । यस्ता देशका जनताहरु त्यहाँको शासन सत्ता र शासकहरुबाट आजित हुन्छन् । त्यस्तो अवस्थामा अन्ध राष्ट्रवादी हावा चल्ने गर्छ । हाम्रोमा पनि बेलाबेलामा पश्चिम, दक्षिण र उत्तरी हवाहरु चलिरहन्छन् । जताबाट चले पनि एउटा सार्बभौम राष्ट्रमा कुनैतर्फका हावालाई पनि राम्रो मान्न सकिन्न । तर, विदेशी हावाले देशलाई परेडस्थल भने बनाइ नै रहेको छ ।

हामीबीचमा अन्तराष्ट्रिय हावाबाट बहँदै आएका राजनीतिक दलहरुको कमी छैन । शंख, घण्ट, हलो, जुवा, अनौ लगायतका अनेक नामबाट अस्तित्व खोजिरहेका राजनीतिक दल र तिनका नेता र तिनले लाउने नारा सुन्दा सारै कर्णप्रिय लाग्छ । तर, साँचो अर्थमा उनीहरु अन्तराष्ट्रिय प्रतिक्रियावादीबाट परिचालित हावा मात्र हुन् । जुन घातक छ । यसले राजनीतिलाई अस्थिर बनाएको छ । जनतालाई अराजक बनाएको छ । दलहरुमा गतिहिनता छाएको छ । जिम्मेवार निकायमा आसिनलाई कर्तब्यविमूख र थप पथभ्रष्ट बनाउन मद्दत गरेको छ ।

आम नागरिकको सबैभन्दा प्राणप्यारो वस्तु भनेको राष्ट्र र राष्ट्रियता हो । यस सम्बन्धि हरेक सवालमा उनीहरु सचेत हुन्छन् । तर, हामी आर्थिक, सामाजिक र शैक्षिक लगायतका अनेकौं सवालहरुमा अभावको सामाना गरिरहेका नागरिक हौं । हामी हरेक सवालमा सचेत छैनांै । अर्धसचेत मात्र छौं । अर्ध‘चेत चेतनाले ठिक र बेठिक विश्लेषण गर्न सक्दैन । त्यसैकारण हामी राष्ट्रियता भन्नसाथ हावाको तालमा दौडन्छांै । अनि हाम्रो अर्ध चेतनालाई धनलम्पट र सत्तालम्पटहरुले हतियारको रुपमा प्रयोग गरिरहेका हुन्छन् । त्यसो भएको हुँदा राष्ट्रवादलाई निरपेक्ष रुपमा मात्र नबुझी त्यसका सापेक्षित पक्षहरु पनि हेर्नु जरुरी हुन्छ । देश र जनताको हित प्रतिकुलताको निरपेक्ष राष्ट्रवादले हामीलाई कहिलै उभो लाउँदैन ।

आइतबार, ०६ जेठ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर