मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्य न्यायाधिवक्तामा मोरङ विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको हो । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै राखिएको छ । यसअघि मुख्यमन्त्री रहेका केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै बर्खास्त गरिएको थियो ।

वस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरुको संगठन प्रगतिशिल तथा व्यवसायीक कानून व्यवसायी संगठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।

बिहिबार, ०३ जेठ, २०८१, दिउँसोको ०३:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page