केदार कार्कीको रिट हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ हुँदै

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिटको सर्वोच्च अदातलतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा रिटको सुनुवाइ भइरहेको हो । कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरि आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

कार्कीको वारेसमार्फत अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भन्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई रिटमा विपक्षी बनाइएको छ ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरिएको छ । कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आहवान खारेजीको रिट दिएपनि नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिपछि शपत र पदबहालीसमेत भइरकेको छ ।

शुक्रबार, २८ बैशाख, २०८१, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर