मुख्यमन्त्री कार्कीले एक साताभित्रै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र नै विश्वासको मत लिने भएका छन् ।

बिहीबार मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा कार्कीले हप्ता दिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताएका हुन् ।

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकोले सरकारले पनि छिट्टै पूर्णता पाउने उनको भनाइ छ । ‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौ,’ उनले भने ‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छाै ।’

प्रदेशसभामा रहेका सबै दललाई साथमा लिएर हिँड्ने बताउँदै कार्कीले नेकपा एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी गराउने संकेत गरेका छन् । ‘अब एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ’ उनले भने, ‘प्रदेशको विकासका लागि सबैसँग सहकार्य गर्छौं ।’

अहिलेकै सरकार र गठबन्धन यो कार्यकालभरी सञ्चालन हुने बताउँदै कार्कीले जनताका निराशालाई हटाउँदै जाने दावी गरे ।

बिहिबार, २७ बैशाख, २०८१, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर