विराटनगर । मैथिली सांस्कृतिक जीवनका लोकनाचहरु सामाजिक पटलबाट हराउँदै गएका छन् । लोकनाचका माध्यमले समाजलाई नैतिक, आध्यात्मिक तथा सांस्कृतिक सन्देशहरु पौराणिक तथा प्राचीन नाचहरु संरक्षणको अभावमा लोप हुँदै गएका हुन् ।
राज्य तथा सरोकारवाला नागरिक संस्थाहरुको बेवास्ताका कारणले आध्यात्मिक तथा पौराणिक लोकगाथासँग जोडिएका यस्ता लोकनृत्यहरु दिन प्रति दिन लोप हुँदै गएका हुन् ।
मिथिलाञ्चलको पुरुषार्थ, वीरता, प्रेम, कला, साहित्य, न्याय, विद्रोह आदि आयामसँग सम्बन्धित इतिहास र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै मिथिला समाजलाई प्रगति पथमा लम्काउन महत्वपूर्ण भूमिका खेल्ने दिनाभद्री, राजा सलहेस, दुर्गाचलित्र, लवकुश, लगायतका लोकनाट्य तथा लोकनाचहरु नाट्यकर्मी र दर्शकको अभावका कारणले पनि विस्मृत हुने अवस्थामा पुगेका छन् ।
लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोक नृत्य (नाँच) लोपोन्मुख हुन थालेपछि लोक कलाकारहरु यो पेशावाट पलायन हुन थालेका छन् ।प्राचीन कालदेखि नै प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनृत्यहरु राजा सहलेस, शीतबसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द कवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, विद्यापति ,समाचकेवा, जयविसहरा, जाटजाटिन, रुनाझुना, दुलहा दयालसिंहजस्ता नृत्यहरु लोप हुन थालेका हुन् ।
आधुनिकताको विकास संगै विभिन्न प्रकारका विद्युतीय उपकरण ले सरल र सहजै रुपमा घरमा चाहेको बेला हेर्ने सकिने र युवा पुस्ताले वेवास्ता गरेका कारण लोक संस्कृतीमा अधारित नृत्यहरु लोक हुन थालेको लोक कलाकारहरु बताउँछन् । मैथिल नाटककर्मी डोमी कामतले धार्मीक परम्परागत विषय वस्तुमा अधारित रहेको लोक नाचँ प्रस्तुत गर्ने जादाँ आफूहरुलाई युवा पुस्ताबाट नै गलत दृष्टि हेर्ने गरेको अनुभव सुनाउँछन् । परापूर्व कालदेखि नै रहेको विषयवस्तुलाई प्रस्तुत गर्दा लोक नायकहरुलाईसमेत समान पाउँदैन् उनले भने–‘युवा पुस्ताले हुटिङमात्र गर्दछन् । ‘समाजमा रहेको वृद्ध तथा अधवेशेहरुले पनपराउने भएतापनि युवा पुस्तालाई उच्चशिखल खाले मन पर्ने भएकाले हामी पूरा गर्ने सक्दैनो, उनले भने ‘–त्यस कारण उनीहरुले हाम्रो प्रस्तुतिलाई रुचाउदैन् ।
पेशाको रुपमा आत्मसाथ गर्दा त परिवार चलाउन नै समस्या हुने भएकाले बेलाबेला मात्र संस्कृति संरक्षण गर्ने हेतु प्रस्तुत गर्ने गरेको कामत बताउँछन् । लोक नृत्यहरुले समाजमा मैथिल लोक व्यवहारलाई उजारगर गर्दै समाजमा आफ्नो संस्कृतिप्रति आस्था जाग्रित नराउन प्रस्तुत गर्ने नृत्यलाई राम्रो नमान्ने प्रवृत्ति बढेको जिवध कामतले बताए । कलाको माध्यमले पौराणिक सन्देश दिन खोज्दा अपहेलित र गुजारा चलाउनसमेत समस्या हुने भएकाले नाँचप्रतिको आस्थामा कटौती भएको उनले बताए । राज्य संरक्षण गर्ने थाले अझै पनि यस कलाको माध्यमले समाजमा परिवर्तन गर्न सकिने सबैको विश्वास जित्न सकिने धरै सम्भावना रहेको कामतको कथन थियो ।
विराटनगर १२ का जिवछ कामतको नेतृत्वमा २१ जना कालाकारको समूहले विभिन्न स्थानमा नाँच प्रस्तुत गर्ने गरेका थिए । दर्शक पनि धेरै आउने गथ्यो तर अहिले उनी नाँच पेशाबाट बिमुख भएका छन् । रोजीरोटीका लागि अन्य पेशामा पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएपछि खेतीमै संलग्न भएका छन् । विगत नाँचलाई व्यवसायकि रुपमा आत्मसाथ गर्दा परिवार चलाउने भएतापनि लोकप्रियतामा कमि आएसँगै घरको न घाटको रहेको कामतले बताए । विगतको भन्दा अहिले पाँच प्रतिशतको
हाराहारीमा मात्र यस्ता नाँच प्रचलनमा छन् । दुई सयभन्दा बढी नाँच कम्पनी रहेको सप्तरी, सिरहा र धनुषा जिल्लामा अहिले खोज्दा विरलै पाइन्छ ।लामो समयदेखि मैथली भाषा, संस्कृतिको संरक्षण तथा प्रदर्शनमा लागेका प्रविणनारायण चौधरीले राज्य मैथली सस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्न उदासी भएका कारण लोप हुन थालेको बताउँछन् । लोक व्यवस्थालाई समाजमा उजागर गरी विकृतीरहीत समाज निमार्णमा अहम् भूमिका निर्भाह गर्ने र लोक नृत्यसहित अन्य प्राचिन इतिहास बोकेको संस्कृति जोगाउन अभियानकर्ताहरुले ध्यान नदिएको उनले बताए । कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाँच लोप भइरहेका छन् ।