मुख्यमन्त्रीलाई २५ गतेसम्मको समय छ : काङ्ग्रेस प्रमुख सचेतक तामाङ

विराटनगर । नेपाली काङ्ग्रेस कोशी संसदीय दलले सरकार बैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने बताएकाे छ ।

दलका प्रमुख सचेतक गाेपाल तामाङले आज काेशी प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै यस्ताे बताएका हुन् ।

संविधानले दिएकाे बाटाेलाई अबलम्बन गरेर जे-जे गर्न सकिन्छ, गर्ने उनले बताए । बैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई बिश्वासको मत लिने समय रहेको भन्दै उनले त्यसपछि कोशीको अन्योल हट्ने दाबी गरे ।

`२५ गतेसम्ममा विश्वासको मत लिने समय छ । त्याे विषयमा के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले स्वविवेकीय अधिकार प्रयाेग गर्नुहुन्छ´ उनले भने, `संविधानले दिएकाे अधिकारलाई प्रयाेग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गएपनि हामी उहाँलाई सहयाेग गर्छाैं । २६ गतेपछि हामी एउटा ट्रयाकमा आउला भन्ने लाग्छ ।´

यसअघि बसेकाे दलकाे बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने धारणा राखेकाे भएपनि दलकाे बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेकाे तामाङले बताए । उनले मुख्यमन्त्रीले संसदकाे अधिकारमाथि च्यालेन्ज गरेकाे विषयमा भने उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

संसदले अनुमानकाे भरमा संकल्प प्रस्ताव पारित भएकाे बताउँदै २५ गतेसम्म हेर्नुपर्ने बताए । काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रका आधारभुत मान्यता विरुद्ध नउभिने उनको भनाई छ ।

आइतबार, २३ बैशाख, २०८१, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर