नेकपा एकीकृत समाजवादीलाई इलामका २ वडामा शुन्य मत

विराटनगर । इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा अहिलेमसम्म तीन वडाको मत गणना सम्पन्न हुँदा २ वडामा एकीकृत समजवादीले ९ मत पाएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र ३ मा एकीकृत समाजवादीको कलम चिन्हमा कुनै मत आएन ।

वडा नम्बर २ मा भने एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ६ मत पाएका छन् । सो क्षेत्रमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमान्डर रहेका थिए ।

तीन वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर घटाएका छन् । २८ मतका साथ काँग्रेस उम्मेदवार डम्बर खड्का अगाडि छन् । फाकफोकथुम १, २ र ३ नम्बर वडाको ४०६१ मतगणना सकिँदा काँग्रेसका खड्का १ हजार ६५८ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३० मत पाएका छन् । यसअघि १ र २ वडामा काँग्रेस उम्मेदवार ८२ मतले अगाडि थिए ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४३० भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू ३०८ भोटका साथ चौथो स्थानमा छन् ।

आइतबार, १६ बैशाख, २०८१, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर