शनिबार, कार्तिक २२, २०८२
☁️ 14°C Few Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
बहुमत सिद्ध गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

बहुमत सिद्ध गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

हाम्रोमत
हाम्रोमत बैशाख ७, २०८१
0 min read
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले विश्वासको मत सिद्ध गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
सरकारमा सहभागी दल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने निर्देशन दिनेगरी दर्ता भएको संकल्प प्रस्ताबमाथिको छलफलमा बोल्दै राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताए ।
संविधानको धारा १६८ को उपधारा ५ बाट बनेको सरकार अजम्मरी नहुने भन्दै उनले यो कुरा मुख्यमन्त्रीलाई सरकार बन्नेबित्तिकै आफुले जानकारी दिएको राईले बताए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उनको भनाई छ ।
तर, सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्ने भन्दै राईले मुख्यमन्त्रीलाई आजै राजीनामा देउ भनेर दबाब दिनु अनुचित हुने बताए । मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिदै उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दा मामिलातिर नलाग्नुस् ।´
यो सरकारलाई जोगाउने पक्षमा आफू नरहेको भन्दै पुर्बमुख्यमन्त्री राईले केन्द्रमा बनेको गठबन्धन अनुसार नै अगाडि बढ्ने संकेत गरेका छन् ।

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

कानून कार्यान्वयनमा महानगरको उदासिनता

हाम्रोमत
हाम्रोमत बैशाख ३१, २०७८
कानून कार्यान्वयनमा महानगरको उदासिनता

त्रियुगाका पूर्वमेयर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाम्रोमत
हाम्रोमत अशोज १०, २०८०
त्रियुगाका पूर्वमेयर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. निमिषा दास

हाम्रोमत
हाम्रोमत साउन १२, २०८२
नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. निमिषा दास

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio