मुख्यमन्त्रीले राजीनामा दिने वा विश्वासको मत लिनेबाहेक विकल्प छैन : आङ्बो

विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिने वा विश्वासको मत लिनेबाहेक बिकल्प नरहेको बताएका छन् ।

बहुमत प्रदेशसभा सदस्यले समर्थन र विश्वासको मत फिर्ता लिई सकेपछि नियमित संसद २ महिनापछि बोलाउने सरकारको गलत नियतको कारण संकल्प प्रस्ताव ल्याउनुपरेको बताए ।

प्रदेशसभाको आजको बैठकमा सरकारविरुद्ध पेस भएको संकल्प प्रस्तावको पक्षमा बोल्दै आङ्बोले सरकार बहुमतले चलाउने भएकाले अल्पमतमा परेपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाब हो । उनले धारा १६८ (५) अन्तर्गत बनेको सरकार चिरस्थायी नहुने दाबी गरे ।

संवैधानिक इजलासले धारा १६८ (५) अन्तर्गत सरकारलाई दिएको समर्थन व्यक्ति या दलले समेत फिर्ता लिन पाउने व्याख्या गरेकाले आफूहरूले समर्थन लिएको उनले बताए । सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाई छ ।

संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्नसक्ने भएकाले अल्पमतमा परेको सरकारलाई नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको आङ्बोले बताए ।

शुक्रबार, ०७ बैशाख, २०८१, दिउँसोको ०१:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर