कोशी प्रदेशका कायम मुकायम प्रमुख सचिव शर्मा सचिव बन्दै

विराटनगर । कोशी प्रदेशका कायम मुकायम प्रमुख केदारनाथ शर्मा नेपाल सरकारको सचिव हुने भएका छन् ।

सहसचिव शर्मालाई लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले सचिवमा बढुवाको सिफारिस गरेको हो ।

सिफारिस समितिले प्रशासनतर्फबाट कोशीका कामु प्रमुख सचिव शर्मा र लेखा परीक्षणतर्फबाट नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीको विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको हा । दुबै जनाको नाम एकल रुपमा सिफारिस भएको छ ।

कायममुकाय प्रमुख सचिव शर्मा यसअघि चार पटक कार्यसम्पादनका आधारमा सचिवमा बढुवा लागि सिफारिसमा पसिकेका थिए । ५औं पटक ज्येष्ठताको आधारमा सचिव बढुवा हुने व्यवस्था भएका कारण उनको नाम एकल रुपमा बढुवाका लागि सिफारिस भएको हो ।

महालेखा परीक्षकको कार्यालयमा रिक्त सचिवस्तरको उपमहालेखापरीक्षक पदका लागि अन्य नायब महालेखापरीक्षकहरू योग्य नभएपछि अधिकारीको नाम एकल रुपमा सिफारिस भएको हो । विशिष्ट श्रेणीमा बढुवाका लागि योग्य हुन नायब महालेखापरीक्षकका रुपमा ५ वर्ष काम गरेको र नेतृत्व विकाससम्बन्धी तालिम लिएको हुनुपर्छ । निजामती सेवा ऐनअनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘सिनियर एक्जियुटिभ डेभलप प्रोग्राम’ (एसईडीपी) कोर्स डिजाइन गरेको छ । ६ महिने यो कोर्स गरेपछि सहसचिवहरु सचिवमा बढुवाका लागि योग्य हुन्छन् ।

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले दुबै जनाको बढुवाको निर्णय गर्नेछ ।

बिहिबार, ०६ बैशाख, २०८१, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर