कोशीमा एकीकृत समाजवादी तत्काल सरकारबाट फिर्ता नहुने

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएकोमा नेकपा एकीकृत समाजवादी भने तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने पक्षमा नभएको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले जानकारी दिए ।

सोमबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्रीहरुले समेत राजीनामा दिएका थिए । एमाले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन एमालेले पनि फिर्ता गर्दै वैकल्पिक सरकार गठनको आधारसहितको दावी प्रदेश प्रमुखलाई बुझाइसकेका छन् ।

एकीकृत समाजवादीले भने तत्काल समर्थन फिर्ता नलिने बताएको हो । नेता राईले आफूहरु पार्टीको काममा रहेको भन्दै सरकारबारे चासो नभएको बताए । ‘हाम्रो अहिले समर्थन फिर्ता गर्ने चर्चा परिचर्चा केही छैन’ उनले भने ।

कोशीमा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु जगेबु भौतिक पूर्वाकार विकासमन्त्री छन् ।

सोमबार, २६ चैत, २०८०, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर