विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेपछि रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रास्वपा महामन्त्री डा.मुकुल ढकालले उम्मेदवारका ५ जना आकांक्षीले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत रुपमा उम्मेदवार बनेको बताए । उपनिर्वाचनको लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
लिम्बू यसअघि पत्रकार थिए । उनी आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महासचिव हुन् । यसअघि राजनीतिक आबद्धता त्यागेको र स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका उनी रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।