काठमाडौं । आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित(आंशिक प्रभाव रहेको छ।