लोड हुँदैछ...

मेनु

समसामयिक टिप्पणी

देउवाको ओरालो यात्रा सुरू भयो, गठबन्धनले सही बाटो लियो

देउवाको ओरालो यात्रा सुरू भयो, गठबन्धनले सही बाटो लियो

एक्कासी परिवर्तन भएको सत्ता गठबन्धनको हलचल अझै सकिएको छैन । एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनापछि गठबन्धन परिवर्तन गर्दै काँग्रेससँग गठबन्धन गर्न पुगे । त्यसको १३ महिनापछि पुनः प्रचण्ड एमालेसँगै गठबन्धन गर्न पुगेका छन् । यो बीचमा काँग्रेसको शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र मुखरित गर्दै आएको थियो । सोही पक्षको चाहना बमोजिम प्रचण्ड आफैंले गठबन्धन परिवर्तन गरेपछि कोइराला पक्षले ‘जे भयो ठिकै भयो’ भन्ने अभिव्यक्ति दिइरहेका छन् । तर, गठबन्धन पाँचै वर्षसम्म जाने बताइरहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षमा भने आक्रोश र पीडा छचल्किएको देखिन्छ । आखिर अहिलेको गठबन्धन फेरबदलले देशलाई, बामपन्थीलाई र काँग्रेसलाई कस्तो असर पर्छ भन्ने चासो रहिरहेको छ । कतिपयले यो गठबन्धन टिक्छ र ? भन्ने पनि गरेका छन् । यसै विषयमा हामीले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं । उक्त कुराकानीको सम्पादित अंश यस्तो छ ।
…..
काँग्रेस भित्र पनि के भयो भन्दा पार्टी सभापतिलाई पार्टीभित्र हल्लाउन नसक्ने भए अनि सफ्ट कर्नर सरकार भयो । प्रचण्ड भए । देउवा चाहिँ आफ्ना मन्त्रीलाई छुन नमान्ने । माधव कुमार नेपाल तयार हुनुहुन्थ्यो मन्त्री हटाउनका लागि । मन्त्रीहरुलाई सिधै हटाउँदा कारबाही गरेको अर्थ लाग्छ । पार्लियामेन्ट्रि सिस्टममा के हुन्छ भने मन्त्रीमण्डल पुनःर्गठन गर्ने । प्रकाश ज्वालालाई तपाई जानुहोस् भन्दा कारबाही गरे जस्तो हुन्थ्यो । मन्त्रीमण्डल पुनःर्गठन गर्दा त सजिलो हुने भयो । केही मन्त्री गएर नयाँ मन्त्री थपिँदा बुझनलाई कारबाही नै गरेको भनेर बुझन सकिएला तर त्यो चाहिँ उसको रेस्पेक्ट हुने भयो ।

पार्लियामेन्ट्रि सिस्टममा एकै चोटी हटाउँदा उसको राजनीतिक भविष्य माथि पनि समस्या हुने भयो । पार्लियामेन्ट सिस्टममा आफ्ना नियमहरू पनि हुन्छ । उसको चरित्र राजनीतिक भविष्यमा असर गर्छ । आफै बुझेर छाडेर गए राम्रो भइहाल्यो । माधव नेपालले पुनःर्गठन गर्नुहोस् भने पनि देउवाले हटाउन चाहेनन् । पदमा बसी राख्ने र असफल भइराख्ने । प्रधानमन्त्री छ संसद्मा ¥याख¥याख पारेका छन् । बोलाको बोलाइ छन् त्यहाँ गएर बोल्ने कुरा भने छैन । जवाफ दिने कुरै छैन । मन्त्रीमण्डल पुनःर्गठन गरेर गएपछि त प्रधानमन्त्रीको हात माथि हुने थियो । मैले सरकारको स्प्रिड बुझेको थिएँ मन्त्रीमण्डल पुनःर्गठन गरेर आएँ अब केही छ भनेर भन्दा त प्रतिपक्षको पनि बोली बन्द हुने थियो नि त । तर, देउवाले मन्त्री मण्डल पुनःगठन गर्न नमानेको कारण प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा थिए ।

उता, शेखर कोइराला समूहचाहिँ देउवालाई आक्रमण गरेर हल्लाउन नसकिने भयो भन्ने अवस्थामा पुगेपछि गठबन्धन, सरकार र प्रधानमन्त्री प्रहार गरिरहेका थिए । सरकारलाई प्रहार गर्ने काममा उनीहरु निरन्तर लागि नै रहे । आखिर कोशी प्रदेशमा पनि भएको पनि त्यही हो । आफ्ना ८ सांसद ल्याएर एमालेसँग मिलेर सरकार बनाउने काम भयो । माओवादीलाई धोका दिने काम भयो । राष्ट्रियसभाको निर्वाचनमा पनि माओवादीलाई काँग्रेसकै संस्थापन इतरले हराए । त्यो सबै गतिविधि काँग्रेससहितको गठबन्धनलाई एउटा सन्देश पनि थियो । अर्कोतिर काँग्रेसको महासमिति बैठकमा पनि चुनाव एक्लै लड्ने भनेर पास गरे । फुकाफुक स्वतन्त्र भयौं भनेर घोषणा गरियो । मिनेन्द्र रिजाले सार्वजनिक ढंगले नै बोलेका थिए । गठबन्धन टुटेसँगै काँग्रेसका कोइराला खेमाहरुले अहिले पनि जे भयो ठिक भयो भनेर भनिरहेकै छन् । त्यसकारण यसअघिको गठबन्धन बिब्लेटो गठबन्धन थियो । अब गठबन्धन सुब्ल्याटो भयो । अहिले साँच्चै भन्ने हो भने देउवाको राजनीतिक करियर ओरालो लाग्न थाल्यो । निरन्तर ओरालो लाग्दै गयो भने अब आउने पाटीकै महाधिबेशनमा पनि उनको समुहलाई कठिन पर्न सक्छ । चुनावमा दुई पटक भन्दा बढी सभापति हुन नपाउने भनेर विधान मै उल्लेख छ । एमालेले उमेरको हदलाई हटाए जस्तो विधान संसोधन गर्न पनि सक्छन् । तर, अहिले जुन झड्का लाग्यो नि । अब पार्टीपभित्र उनको करियर ओरालो लाग्न थाल्छ । अब काँग्रेस भित्र अर्काे समूह बन्न सक्छ । उनले जे जसरी गुरु भएर जोडेर राखेका थिए त्यो अवस्था अब रहँदैन । उनको पक्षमा लागेर अवसर खोज्नेहरूले पनि अब साथ छोड्न सक्छन् । राजनीतिमा लाग्ने भनेको अवसर खोज्नैका लागि हो । ०८४ सम्म त्यो अवसर त अब आउँछ जस्तो मलाई लाग्दैन ।

गठबन्धन अगाडि कसरी बढ्न सक्छ भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीको व्यवहारमा भरपर्छ । ओलीले आफूलाई कति लो प्रोफाइलमा राखेर जान्छन् त्यसैमा भरपर्छ । गठबन्धन टिक्छ टिक्दैन भन्ने दुई वटा पाटा छन् । नेताले इतिहासबाट शिक्षा लिएका छन् भने त्यो टिक्छ । यसअघि ओलीसँग ५ वर्ष ढुक्कले काम गर्ने अवसर थियो । त्यसबेला पार्टी र सरकारको राम्रो कार्यक्रम बनाएर सरकार चलाएको भए अर्को चुनाव पनि जित्न सकिन्थ्यो नि ? त्यो अवसर त गयो । बाहिर जे भनेपनि राती एक्लै भएको बेलामा त्यो कुरा उनको मनमा आउँदैन होला र ? हुन्छ । त्यसले के देखिन्छ भने ओलीले गुट राम्रो चलाउन सक्ने देखिन्थ्यो तर पार्टी त त्यसरी चल्दैन थियो । गुट संचालन गर्ने मान्छेले हामी र तिनिहरु भन्ने व्यवहार गर्छन् । पहिले ओलीले त्यस्तै गरे । अघिल्लो पटक ५ वर्षसम्म सुविधाजनक बहुमत थियो । आधा–आधा कार्यकाल प्रधानमन्त्री भनेर भनेका रहेछन् । तर त्यो पनि कार्यान्वन नभएपछि दुर्घटना भएको हो ।

५ वर्ष काम गर्न पाउँदा देशले एउटा करेक्सन पाउँथ्यो । त्यसको प्रतिफल कम्यिुनिष्ट पार्टीले पाउँथ्यो । ५ वर्ष वामपन्थी मिलेर चलाए भन्ने हुन्थ्यो । त्यो ब्याज त्यही पार्टीका अरू नेता कार्यकर्ता र जनताले खान्थे । मैले मौका गुमाए भन्ने हुनुपर्छ । राष्ट्रपति निर्वाचन भन्दा अगाडिको गठबन्धन बनाउँदा मैले जिते भनेर ओलीले भनेको सुनिँदैन । त्यसकारण ओलीले अहिले रियलाइजेसन गरेको जस्तो लाग्छ । उनी माधव नेपालको घरमा गए भन्नु नै मिल्छन् भन्ने संकेत हो । म ओलीलाई राम्ररी चिन्छु । भ झापामा पढाउँदादेखि नै चिन्छु । उनको र मेरो कुराकानी हुँदा अरू साथी छक्क पर्छन् ।

पार्टी फुटाएपछि माधव नेपाललाई उनले गन्दै नगनेका हुन नि त । उनका पार्टीकालाई विस्तारै पकाउँदै लैजाने र उनलाई गल्लीमा भौतारी रहने बनाइदिने सोचका मानिस गएर दुई घण्टा बसे । प्रचण्ड मात्रै जानु ठूलो कुरा थिएन । दोस्रो दिन जाँदा घनश्याम भुसालललाई पनि राखेका रहेछन् नि त । घनश्याम पनि वामपन्थी एक ठाउँमा आउनु पर्छ भन्ने विचारका हुन् । त्यसकारण अहिले एउटा गठबन्धन भत्केर अर्को गठबन्धन जसरी बनेको छ यो सही बाटोमा छ र रियलाइजेसन सहित बनेको छ भन्ने मेरो विचार छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।