प्रा. कृष्ण पोखरेल
एक्कासी परिवर्तन भएको सत्ता गठबन्धनको हलचल अझै सकिएको छैन । एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनापछि गठबन्धन परिवर्तन गर्दै काँग्रेससँग गठबन्धन गर्न पुगे । त्यसको १३ महिनापछि पुनः प्रचण्ड एमालेसँगै गठबन्धन गर्न पुगेका छन् । यो बीचमा काँग्रेसको शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र मुखरित गर्दै आएको थियो । सोही पक्षको चाहना बमोजिम प्रचण्ड आफैंले गठबन्धन परिवर्तन गरेपछि कोइराला पक्षले ‘जे भयो ठिकै भयो’ भन्ने अभिव्यक्ति दिइरहेका छन् । तर, गठबन्धन पाँचै वर्षसम्म जाने बताइरहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षमा भने आक्रोश र पीडा छचल्किएको देखिन्छ । आखिर अहिलेको गठबन्धन फेरबदलले देशलाई, बामपन्थीलाई र काँग्रेसलाई कस्तो असर पर्छ भन्ने चासो रहिरहेको छ । कतिपयले यो गठबन्धन टिक्छ र ? भन्ने पनि गरेका छन् । यसै विषयमा हामीले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं । उक्त कुराकानीको सम्पादित अंश यस्तो छ ।
…..
काँग्रेस भित्र पनि के भयो भन्दा पार्टी सभापतिलाई पार्टीभित्र हल्लाउन नसक्ने भए अनि सफ्ट कर्नर सरकार भयो । प्रचण्ड भए । देउवा चाहिँ आफ्ना मन्त्रीलाई छुन नमान्ने । माधव कुमार नेपाल तयार हुनुहुन्थ्यो मन्त्री हटाउनका लागि । मन्त्रीहरुलाई सिधै हटाउँदा कारबाही गरेको अर्थ लाग्छ । पार्लियामेन्ट्रि सिस्टममा के हुन्छ भने मन्त्रीमण्डल पुनःर्गठन गर्ने । प्रकाश ज्वालालाई तपाई जानुहोस् भन्दा कारबाही गरे जस्तो हुन्थ्यो । मन्त्रीमण्डल पुनःर्गठन गर्दा त सजिलो हुने भयो । केही मन्त्री गएर नयाँ मन्त्री थपिँदा बुझनलाई कारबाही नै गरेको भनेर बुझन सकिएला तर त्यो चाहिँ उसको रेस्पेक्ट हुने भयो ।
पार्लियामेन्ट्रि सिस्टममा एकै चोटी हटाउँदा उसको राजनीतिक भविष्य माथि पनि समस्या हुने भयो । पार्लियामेन्ट सिस्टममा आफ्ना नियमहरू पनि हुन्छ । उसको चरित्र राजनीतिक भविष्यमा असर गर्छ । आफै बुझेर छाडेर गए राम्रो भइहाल्यो । माधव नेपालले पुनःर्गठन गर्नुहोस् भने पनि देउवाले हटाउन चाहेनन् । पदमा बसी राख्ने र असफल भइराख्ने । प्रधानमन्त्री छ संसद्मा ¥याख¥याख पारेका छन् । बोलाको बोलाइ छन् त्यहाँ गएर बोल्ने कुरा भने छैन । जवाफ दिने कुरै छैन । मन्त्रीमण्डल पुनःर्गठन गरेर गएपछि त प्रधानमन्त्रीको हात माथि हुने थियो । मैले सरकारको स्प्रिड बुझेको थिएँ मन्त्रीमण्डल पुनःर्गठन गरेर आएँ अब केही छ भनेर भन्दा त प्रतिपक्षको पनि बोली बन्द हुने थियो नि त । तर, देउवाले मन्त्री मण्डल पुनःगठन गर्न नमानेको कारण प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा थिए ।
उता, शेखर कोइराला समूहचाहिँ देउवालाई आक्रमण गरेर हल्लाउन नसकिने भयो भन्ने अवस्थामा पुगेपछि गठबन्धन, सरकार र प्रधानमन्त्री प्रहार गरिरहेका थिए । सरकारलाई प्रहार गर्ने काममा उनीहरु निरन्तर लागि नै रहे । आखिर कोशी प्रदेशमा पनि भएको पनि त्यही हो । आफ्ना ८ सांसद ल्याएर एमालेसँग मिलेर सरकार बनाउने काम भयो । माओवादीलाई धोका दिने काम भयो । राष्ट्रियसभाको निर्वाचनमा पनि माओवादीलाई काँग्रेसकै संस्थापन इतरले हराए । त्यो सबै गतिविधि काँग्रेससहितको गठबन्धनलाई एउटा सन्देश पनि थियो । अर्कोतिर काँग्रेसको महासमिति बैठकमा पनि चुनाव एक्लै लड्ने भनेर पास गरे । फुकाफुक स्वतन्त्र भयौं भनेर घोषणा गरियो । मिनेन्द्र रिजाले सार्वजनिक ढंगले नै बोलेका थिए । गठबन्धन टुटेसँगै काँग्रेसका कोइराला खेमाहरुले अहिले पनि जे भयो ठिक भयो भनेर भनिरहेकै छन् । त्यसकारण यसअघिको गठबन्धन बिब्लेटो गठबन्धन थियो । अब गठबन्धन सुब्ल्याटो भयो । अहिले साँच्चै भन्ने हो भने देउवाको राजनीतिक करियर ओरालो लाग्न थाल्यो । निरन्तर ओरालो लाग्दै गयो भने अब आउने पाटीकै महाधिबेशनमा पनि उनको समुहलाई कठिन पर्न सक्छ । चुनावमा दुई पटक भन्दा बढी सभापति हुन नपाउने भनेर विधान मै उल्लेख छ । एमालेले उमेरको हदलाई हटाए जस्तो विधान संसोधन गर्न पनि सक्छन् । तर, अहिले जुन झड्का लाग्यो नि । अब पार्टीपभित्र उनको करियर ओरालो लाग्न थाल्छ । अब काँग्रेस भित्र अर्काे समूह बन्न सक्छ । उनले जे जसरी गुरु भएर जोडेर राखेका थिए त्यो अवस्था अब रहँदैन । उनको पक्षमा लागेर अवसर खोज्नेहरूले पनि अब साथ छोड्न सक्छन् । राजनीतिमा लाग्ने भनेको अवसर खोज्नैका लागि हो । ०८४ सम्म त्यो अवसर त अब आउँछ जस्तो मलाई लाग्दैन ।
गठबन्धन अगाडि कसरी बढ्न सक्छ भन्ने कुरा एमाले अध्यक्ष केपी ओलीको व्यवहारमा भरपर्छ । ओलीले आफूलाई कति लो प्रोफाइलमा राखेर जान्छन् त्यसैमा भरपर्छ । गठबन्धन टिक्छ टिक्दैन भन्ने दुई वटा पाटा छन् । नेताले इतिहासबाट शिक्षा लिएका छन् भने त्यो टिक्छ । यसअघि ओलीसँग ५ वर्ष ढुक्कले काम गर्ने अवसर थियो । त्यसबेला पार्टी र सरकारको राम्रो कार्यक्रम बनाएर सरकार चलाएको भए अर्को चुनाव पनि जित्न सकिन्थ्यो नि ? त्यो अवसर त गयो । बाहिर जे भनेपनि राती एक्लै भएको बेलामा त्यो कुरा उनको मनमा आउँदैन होला र ? हुन्छ । त्यसले के देखिन्छ भने ओलीले गुट राम्रो चलाउन सक्ने देखिन्थ्यो तर पार्टी त त्यसरी चल्दैन थियो । गुट संचालन गर्ने मान्छेले हामी र तिनिहरु भन्ने व्यवहार गर्छन् । पहिले ओलीले त्यस्तै गरे । अघिल्लो पटक ५ वर्षसम्म सुविधाजनक बहुमत थियो । आधा–आधा कार्यकाल प्रधानमन्त्री भनेर भनेका रहेछन् । तर त्यो पनि कार्यान्वन नभएपछि दुर्घटना भएको हो ।
५ वर्ष काम गर्न पाउँदा देशले एउटा करेक्सन पाउँथ्यो । त्यसको प्रतिफल कम्यिुनिष्ट पार्टीले पाउँथ्यो । ५ वर्ष वामपन्थी मिलेर चलाए भन्ने हुन्थ्यो । त्यो ब्याज त्यही पार्टीका अरू नेता कार्यकर्ता र जनताले खान्थे । मैले मौका गुमाए भन्ने हुनुपर्छ । राष्ट्रपति निर्वाचन भन्दा अगाडिको गठबन्धन बनाउँदा मैले जिते भनेर ओलीले भनेको सुनिँदैन । त्यसकारण ओलीले अहिले रियलाइजेसन गरेको जस्तो लाग्छ । उनी माधव नेपालको घरमा गए भन्नु नै मिल्छन् भन्ने संकेत हो । म ओलीलाई राम्ररी चिन्छु । भ झापामा पढाउँदादेखि नै चिन्छु । उनको र मेरो कुराकानी हुँदा अरू साथी छक्क पर्छन् ।
पार्टी फुटाएपछि माधव नेपाललाई उनले गन्दै नगनेका हुन नि त । उनका पार्टीकालाई विस्तारै पकाउँदै लैजाने र उनलाई गल्लीमा भौतारी रहने बनाइदिने सोचका मानिस गएर दुई घण्टा बसे । प्रचण्ड मात्रै जानु ठूलो कुरा थिएन । दोस्रो दिन जाँदा घनश्याम भुसालललाई पनि राखेका रहेछन् नि त । घनश्याम पनि वामपन्थी एक ठाउँमा आउनु पर्छ भन्ने विचारका हुन् । त्यसकारण अहिले एउटा गठबन्धन भत्केर अर्को गठबन्धन जसरी बनेको छ यो सही बाटोमा छ र रियलाइजेसन सहित बनेको छ भन्ने मेरो विचार छ ।