प्रचण्ड सरकारमा उपेन्द्र यादवसहित दुई मन्त्री थपिए

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।

यसैगरी जसपाबाटै नबलकिशोर साह वनमन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

संविधान अनुसार २५ सदस्यभन्दा ठूलो मन्त्रिपरिषद बनाउन पाइन्दैन । अब ३ जना राज्यमन्त्री भने थप गर्ने अधिकार प्रधानमन्त्रीसँग रहेको छ ।

आइतबार, २७ फागुन, २०८०, दिउँसोको ०१:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर