विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो ।

कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो तीन बजे आफ्नो धर्मसंस्कृति अनुसार भएको छ । मुटु रोगबाट लामोसमयदेखि पीडित भएका कर्ण बिहीबार विहान एक्कासी पेसरले हानेपछि मतिष्कमा रगत जमेको थियो । कर्णको तीन छोरा र श्रीमती छन् । पत्रकार कर्ण जेठा छोरा हुन् । उनी मैथिली पत्रकार समाजका अध्यक्ष तथा प्रेस सेन्टर मोरङका उपाध्यक्षसमेत हुन् ।