भ्रष्टाचार मुद्दा लागेपछि राप्रपाका सांसद यादव निलम्बित

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन् ।

साझेदारी वनको काठ हिनामिना प्रकरणमा मुछिएपछि यादव निलम्बनमा परेका हुन् । कपिलवस्तु क्षेत्र नम्बर ३ (ख)मा निर्वाचित सांसद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि सांसद यादव स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले शनिवार सूचना जारी गरेको छ ।

उनी पूर्वयातायात तथा उद्योगमन्त्रीसमेत हुन् ।

आइतबार, १३ फागुन, २०८०, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर