राष्ट्रिय सभा निर्वाचन अपडेट

महिला उम्मेदवारको मतगणना सुरु

विराटनगर । विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता रहेकोमा स्थानीय तहका तीन जना प्रमुखहरु मतदानमा अनुपस्थित भएका थिए ।
निर्वाचनमा ३६४ मत खसेकोमा अहिले महिला तर्फको मतगणना सुरु भएको हो । केही बेरपछि खुला तर्फको मतगणना आरम्भ हुने बताइएको छ ।

निर्वाचनमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् ।

साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार छन् भने गच्छदार हिजो अचानक बेहोस भएपछि भेन्टिलेटरमा राखेर उपचारमा छन् । धरानका मेयर साम्पाङले भने निर्वाचन बहिस्कार गरेका छन् ।

बिहिबार, ११ माघ, २०८०, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर