काठमाडौं । बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका धेरैजसो भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसहित देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीर्क अवस्था रहने र बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना देखिएको छ।