निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कोइरालाको चियापान

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहक जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनैपनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । त्यसलाई उल्लंघन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी थिए ।

राष्ट्रियसभा निर्वाचनमा काँग्रेसको मत विभाजन हुने चर्चा चलिरहेको बेला काँग्रेस एक रहेको सन्देश दिन कोइरालाले आयोजना गरको चियापानमा महामन्त्री थापासहितका नेताहरु सहभागी भएका हुन् । यद्यपी चियापानमा आचारसंहिता लाग्ने भन्दै औपचारिक सम्बोधन भने कुनैपनि नेताहरुले गरेनन् । कोइरालाले पार्टी एकढिक्का रहेको सन्देश दिन चियापान गरेको निकट नेताहरूले बताएका छन् ।

चियापानमा अन्य दलका नेता तथा कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरुलाई पनि सहभागी गराउने प्रचलन भएपनि अन्य दलका प्रतिनिधिलाई निम्तो थिएन । चियापानमा काँग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।

बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । अन्यतर्फ काँग्रेसका सिटौला र राप्रपाका उद्धब पौडेल तथा महिलातर्फ माओवादीका चम्पादेवि कार्की र एमालेका रुक्मिणी कोइराला चुनाबी मैदानमा छन् ।

बुधबार, १० माघ, २०८०, बिहानको १०:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर