काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङ दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएपनि सजाय निर्धारण भने भएको छैन । आगामी माघ २१ गते पेसी तोकिएको विशेष अदालत स्रोतले जनाएको छ।