काठमाडौं । धरानमै गएर कार्यकारिणी समितिको बैठक राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई निर्देशन दिएका छन् ।
उपकुलपति कार्कीलाई आइतबार प्रधानमन्त्री कार्यालयमै बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।
उनले अन्तर्वार्ताको मिति तोकेर नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नु पनि निर्देशन दिएका छन ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

