तीब उतारचढाबबीच नेप्से ७ अंक घट्यो, कारोबार रकम आठ अर्ब माथि

विराटनगर । साताको अन्तिम कारोबार दिन शेयर बजारमा तीब्र उतारचढावबीच ७.२४ अंकले घटेर नेप्से परिसुचक २१५५.८२ विन्दुमा रोकिएको छ ।

बिहीार सुरुवाती समयमा नेप्से सूचक २१३३ सम्म झरेकोमा हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण फर्किदा नेप्से सूचक फर्किएको हो ।

यस दिन कारोबार रकम भने केहि घटेको छ । बुधबार ९ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन २९८ कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत, दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४ र इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो ।

तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ । यस्तै ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढ्यो । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घट्यो ।

नेप्से अघिल्लो दिन बुधबार नेप्से इन्ट्रा डे कारोबारमा २२ सयमाथि पुगेको थियो । त्यसपछि बिक्रेता हावी हुँदा बजार पुनः २२ सयभन्दा तलै झरेर बन्द भएको थियो । यसैको निरन्तरतारुवरुपः बिहीबार बजारमा सामान्य करेक्सन भएको हो ।

बजारले २२ सयको मनोवैज्ञानिक रेखा तोड्नु अघि केही करेक्सनहरु स्वभाविक भएको जानकारहरु बताउँछन् । माथिल्ला विन्दुहरु पार गर्नका लागि शक्ति सञ्चय भइरहेको विज्ञ बताउँछन् । विगतमा बजारले धेरै पटक २२ सय आसपासमा पुगेको वा अडिएकाले यो तहमा धेरैको चासो छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेको र लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्थामा ठूला लगानीकर्ता पनि विस्तारै सेयर बजारतिरै आकर्षित हुन खोजेका छन् । माघ लागेसँगै ब्याजदर थप सस्तो भएकोले बजार बढ्ने विश्लेषण भइरहेको छ ।

बिहिबार, ०४ माघ, २०८०, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर